२० असार २०८३, शनिबार | July 4, 2026

तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने सत्तारुढ गठबन्धनमा सहमति, मन्त्रालय बाँडफाँटको जिम्मा शीर्ष नेतालाई



काठमाडौं । सत्तारुढ गठबन्धनले तत्कालै मन्त्रिपरिषद् विस्तार गर्ने सझदारी गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलहरुबीचको बैठकले मन्त्रिपरिषद् तत्काल विस्तार गर्ने समझदारी गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको १५ दिन हुन लाग्दा पनि मन्त्रिपरिषद् विस्तार भएको छैन । तर, आजको बैठकमा गठबन्धनका नेताहरुबीच अब कुनै ढिलाई नगरी मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । बैठकले मन्त्रालय टुंग्याउने जिम्मा शीर्ष नेतालाई दिने निर्णय गरेको छ ।

यस्तै बैठकमा गठबन्धन सरकारका साझा नीति तथा कार्यक्रम ल्याउनेबारे पनि छलफल भएको छ । यसैगरी नेताहरुले राजनीतिक नियुक्ति गर्दा मापदण्ड बनाएर अघि बढ्ने विषयमा समेत छलफल गरेको बताइएको छ । यसका लागि आजै पुनः आजै शीर्ष नेताहरुको बैठक बस्ने कांग्रेस नेता पूर्णबहादुर खड्काले बताए ।

बैठकमा उपस्थित एमालेको माधव नेपाल पक्षका प्रतिनिधि विजय पौडेलले आफुहरु सरकारमा सहभागी नहुने बताएका छन् । पौडेलले नेताहरुलाई आफ्नो पार्टीमा एकताको छलफल चलिरहेका बेला सरकारमा सहभागी हुन नसक्ने बताएका छन् । पौडेलले बैठकपछि भने, हामी सरकारमा सहभागी हुन मिल्दैन, तपाईंहरूले मन्त्रीमण्डल छिटो विस्तार गरेर फटाफट काम गर्नुस् ।’

बैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्दै पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौला सहभागी भएका थिए । यसैगरी यस्तै माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रचण्ड, जनता समाजवादी पार्टी जसपाबाट अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राई सहभागी भएका थिए । राष्ट्रिय जनमोर्चाको तर्फबाट चित्रबहादुर केसी र एमालेको माधव नेपाल समूहबाट विजय पौडेल पनि सहभागी थिए ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ११ : ३१ बजे

अष्ट्रेलियालाई पेनाल्टीमा हराउँदै इजिप्ट पहिलोपटक विश्वकपको अन्तिम १६ मा

काठमाडौं । फिफा विश्वकप २०२६ मा इजिप्टले इतिहास रच्दै पहिलोपटक

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित