७ श्रावण २०८३, बिहिबार | July 23, 2026

सुडानको डारफोरबाट संयुक्त राष्ट्रसंघीय मिसनका शान्ति सेना फिर्ता



संयुक्त राष्ट्रसंघले डारफोरमा रहेको मिसनबाट शान्ति सैनिकहरु फिर्ता भएको जनाएको छ । सो कुराको जानकारी डारफोरमा रहेको संयुक्त राष्ट्रसंघ मिसनका लजिस्टिक प्रमुखले दिएका छन् ।

डारफोरमा रहेको संयुक्त राष्ट्रसंघीय मिसनका लजिस्टिक प्रमुख अतुल खारेले मंगलबार सो जानकारी दिएका हुन् । उनले दक्षिण सुडानको डारफोरमा रहेको मिसनका सदस्यहरु हटेको जानकारी दिए ।

उनका अनुसार सो मिसनमा रहेका शान्ति सैन्य र अरु सबै कर्मचारीहरु पनि त्यहाँबाट हटेका बताइएको छ । त्यहाँ गएको १३ वर्षदेखि जारी रहेको हिंसाबाट यहाँका नागरिकलाई बचाउनका लागि संयुक्त राष्ट्रसंघीय मिसन शुरु भएको थियो ।

सो मिसनको अन्तिम समय सन् २०२० को डिसेम्बर ३१ सम्म मात्र रहेको थियो । तर हिंसा जारी नै रहेको भनेपछि यहाँका अधिकारीहरुले आजसम्म यो मिसन जारी राखेका थिए । तर मंगलबारदेखि ती मिसनका सबै सैनिक र कर्मचारी फिर्ता भएका बताइएको हो ।

गत जुन ३० मा त्यहाँका ६ हजार प्रहरी र सैनिक फिर्ता भएका थिए । अरु बाँकी रहेका शान्ति सैनिक, प्रहरी र अरु कर्मचारीहरुले पनि मंगलबार सुडान छोडिसकेका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  १ : ५२ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी