२० असार २०८३, शनिबार | July 4, 2026

आफुहरु एमाले प्रवेश नगरेको भन्दै रायमाझी र भट्टसहित ४ पूर्व माओवादीहरु सर्वोच्चको ढोकामा



काठमाडौं । पूर्वसांसद टोपबहादुर रायमाझी र लेखराज भट्ट सहित चार जनाले आफुहरुले नेकपा माओवादी केन्द्र दल त्याग नगरेको जिकिर गरेका छन् । रायमाझी र भट्टसहित प्रभु साह र गौरीशंकर चौधरीले आफुहरुले दल त्याग नगरेको भन्दै प्रतिनिधिसभाको बाँकी कार्यकाल अवधिमा सदस्यकै रूपमा कामकाज गर्न पाउनुपर्ने मागसहित सर्वोच्चमा रिट निवेदन दर्ता गरेका छन् । उनीहरुले पूर्ववत माओवादी केन्द्रको संसदीय दलको सांसद पद कायम राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

२३ फागुनमा सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्युँताएपछि उनीहरू एमालेमा लागेको भन्दै माओवादी केन्द्रले दल त्याग गरेको कारण देखाएर उनीहरूको सांसद पद खोसेको थियो । पद खोसिएको चार महिनापछि सांसदकै रूपमा पुनर्बहालीको माग गर्दै उनीहरू सर्वोच्च पुगेका हुन् ।

उनीहरूले सर्वोच्चमा दिएको रिट निवेदनमा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, निर्वाचन आयोग, संसद् सचिवालय तथा प्रतिनिधिसभाका सभामुखलाई विपक्षी बनाउँदै उत्प्रेषणयुक्त परमादेशको माग गरिएको छ।

एमाले नेता टोप बहादुर रायमाझीले सर्वोच्चमा पेश गरेको रिट निवेदनमा आफु एमालेमा औपचारिरुपमा प्रवेश नगरेको उल्लेख गरेका छन् । ‘केपी ओलीले नेतृत्व गरेको नेकपा एमालेमा म औपचारिक रूपमा प्रवेश गरेको छैन । एमालेको पार्टीको सदस्यता लिएको छैन । म एमालेको केन्द्रीय कमिटीमा छैन । नेकपा माओवादी एकता केन्द्रको केन्द्रीय कमिटीमा रहेको छु,’ रायमाझीले निवेदनमा भनेका छन् ।

माओवादी केन्द्रले आफूहरुलाई स्पष्टीकरणको मौकासमेत नदिएको तर स्पष्टीकरणको नक्कली कागजात निर्वाचन आयोगमा बुझाएर पदबाट हटाउने निर्णय गरेको उनीहरूको दाबी छ । सर्वोच्चले उनीहरूको रिट बिहीबारका लागि पेसी ताकेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ३ : ४८ बजे

विश्वकपमा मेसीको अर्को इतिहास, लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु । नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर । कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना

देशभर मनसुन सक्रिय, आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि

संघर्षपूर्ण जितसहित अर्जेन्टिना अन्तिम १६ मा, अब इजिप्टसँग भिड्ने

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले अतिरिक्त समयमा संघर्षपूर्ण प्रदर्शन गर्दै