३० चैत्र २०८२, सोमबार | April 13, 2026

जसपा विवादबारे महन्थ ठाकुरको रिट निवेदन न्यायाधीशद्वय खतिवडा र चुडालको इजलासमा



काठमाडौं । जनता समाजवादी पार्टी नेपालको आधिकारिकताका विषयमा निर्वाचन आयोगको निर्णय विरुद्ध जसपाकै महन्थ ठाकुर पक्षले दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासमा परेको छ ।

जसपाको अध्यक्षका हैसियतले महन्थ ठाकुरले निर्वाचन आयोगको आधिकारिकतासम्बन्धी प्रक्रिया रोक्न माग गर्दै रिट निवेदन दिएका थिए । ठाकुरले पार्टीको कार्यकारिणी समितिमा आफुले थपेका सदस्यहरुलाई आधिकारिता दिनुपर्ने माग गरेका थिए ।

उनले त्यसका विवाद निरूपण नगरी निर्वाचन आयोगले पुरानो कार्यसमितिलाई मान्यता दिएर बहुमत र अल्पमतको परीक्षण गर्न थालेको भन्दै त्यसलाई रोक्न माग गरेका थिए । सो रिटमाथि सर्वोच्चले न्यायाधीशद्वय खतिवडा र चुडालको संयुक्त इजलासमा पेसी तोकेको हो ।

यसअघि सर्वोच्चले सो रिटमाथि यही साउन १० गते प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरिरहन नपर्ने ठहर गरेको थियो । त्यसको भोलिपल्ट सोमबार निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिक मान्यता दिइसकेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ११ : ५३ बजे

राष्ट्रिय अपाङ्ग महासंघको १० औँ महाधिवेशनबाट देविदत्त आचार्यको नेतृत्वमा नयाँ समिति चयन

बुटवल । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको १० औँ महाधिवेशन बुटवल

गृहमन्त्रीलाई जेनजी नेतृ रक्षा बमको सुझाव- ‘गरिबीलाई अपराध नठान्नुस्’

काठमाडौं । जेनजी नेतृ रक्षा बमले गृहमन्त्री गुरुङलाई सार्वजनिक अभिव्यक्तिप्रति

रिपोर्टर्स क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला

काठमाडौं । समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय तथा व्यवसाय सञ्चालन

ट्रक भाडादर समायोजन गर्न समितिलाई ध्यानाकर्षण

बुटवल । सरकारले इन्धनको मूल्यमा गरेको वृद्धि र त्यसले ट्रक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।