१५ बैशाख २०८१, शनिबार | April 28, 2024

कोरोना अपडेट : मृत्यु हुनेको संख्या ७४,६५० पुग्यो, १३ लाख ४४ हजार ९ सय सक्रमित



काठमाडौ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या ७४ हजार ६ सय ५० पुगेको छ भने संक्रमितको संख्या १३ लाख ४४ हजार ९ सय पुगेको छ ।

संक्रमित मध्य २ लाख ७८ हजार ३ सय ३२ जना उपचार पछि निको भएका छन् । कोरोनाबाट अमेरिकामा मृत्यु हुने मानिसको संख्या १० हजार नाघेको छ । अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या १० हजार ८६९ पुगेको छ । एकै दिन २८ हजार नयाँ संक्रमित फेला परेपछि संक्रमितको संख्या तीन लाख ६६ हजार नाघेको छ ।

अहिलेसम्म अमेरिकामा करिब १९ हजार संक्रमित निको भइसकेका छन् । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको कारण सबैभन्दा प्रभावित बनेको मुलुक अमेरिकामा पछिल्लो केही दिनयता नयाँ संक्रमित र मृतकको संख्या पनि तीव्र गतिमा बढेको छ । बिरामीको संख्या बढेसँगै अमेरिकामा स्वास्थ्य सामग्रीको अभाव चुलिन सक्ने विश्लेषकहरुको दावी छ ।

अमेरिकाको न्युयोर्क राज्य कोरोना भाइरसको कारण सबैभन्दा प्रभावित बनेको राज्य हो । न्युयोर्कमा अहिलेसम्म समग्र संक्रमितको संख्या एक लाख ३० हजार नाघिसकेको छ । न्युयोर्कमा अहिलेसम्म ४ हजार ७ सय बढी मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ६ : ४८ बजे

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म