२ पुस २०८२, बुधबार | December 17, 2025

चौतर्फी आलोचना पछि लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री पोखरेलले भेटे प्रदेश प्रमुख शेरचनलाई



बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनको पदबहाली कार्यक्रमलाई अघोषित बहिस्कार गरेको बिषयमा चौतर्फी आलोचना भएपछि प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पद बहाली गरेको अर्को दिन प्रदेश प्रमुखलाई भेट्न पुगेका छन् । पदबहाली भएको स्थानबाट १ मटिरमा रहेका मुख्यमन्त्री र प्रदेश सरकारका मन्त्रीहरु कोही पनि प्रदेश प्रमुखको पदबहाली कार्याक्रममा नदेखिएपछि मुख्यमन्त्री पोखरेल सहित प्रदेश सरकारको आलोचना भएको थियो । मुख्यमन्त्री पोखरेल र नवनियुक्त प्रदेश प्रमुख शेरचनबीच आज भेटवार्ता भएको छ ।

शुक्रबार पदभार ग्रहण गरेका शेरचनलाई पोखरेलले पदबहाली गरेको भोलिपल्ट शनिबारबिहान मात्र स्वागतसहित भेटवार्ता गरेका हुन् । भेटका अवसरमा प्रदेशको अवस्था र सरकारले हासिल गरेको सफलताका बिषयमा प्रदेश प्रमुखलाई जानकारी गराईएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।

शनिबार दिउँसै विपक्षी गठबन्धनले पनि प्रदेश प्रमुख शेरचनलाई स्वागत गर्दै ध्यानाकर्षणपत्र बुझाएर पोखरेल नेतृत्वको सरकार अल्पमतमा रहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ४ : ४३ बजे

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि