२४ बैशाख २०८१, सोमबार | May 6, 2024

प्रदेश सरकार सम्बन्धमा छिट्टै संविधान बमोजिम कदम चाल्ने छु : प्रदेश प्रमुख शेरचन



बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानविद र सरोकारवालाहरुसँग छलफल गरेर छिट्टै संवैधानिक कदम चाल्ने बताएका छन् । लुम्बिनी प्रदेशको वर्तमान प्रदेश सरकारका संसदमा अल्पमतमा परिसकेको भन्दै धारा १६८(२) अनुसार बहुमतको सरकार गठन गर्ने प्रस्ताव आह्वानका लागि विपक्षीहरुले पेश गरेको समावेदन बुझ्दै प्रदेश प्रमुख शेरचनले संविधान अनुसार बस्तुस्थितीलाई बुझेर संवैधानिक ब्यक्तिहरुको राय अनुसार छिट्टै संवैधानिक कदम चाल्ने बताएका हुन् ।

प्रदेशसभामा रहेका कुल ८० सदस्य मध्य ४१ जना सांसदहरुको हस्ताक्षर सहित बहुमतको सरकार गठनको प्रक्रिया शुरु गर्न माग गर्न प्रदेश प्रमुख कार्यालय पुगेका विपक्षी साँसदहरुलाई सम्बोधन गर्दै प्रमुख शेरचनले विपक्षीले दिएको निवेदनका सम्बन्धमा कानुनी परामर्श लिने जनाउँदै निवेदनमा लेखिएको बिषयमा प्रदेश सरकारको समेत राय लिएर अगाडि बढ्ने बताए । उनले दलहरुसंग समेत छलफल आवश्यक रहने जनाउँर्द उनले चाँडो भन्दा चाँडो निष्कर्ष सहित जानकारी गराईने बताए ।

शंकर पोखरेल नेतृत्वको सरकार गत बैशाख देखि नै अल्पमत रहेको दाबी गर्दै विपक्षीहरुले असंवैधानिक सरकारलाई हटाएर संवैधानिक बाटोबाट बहुमतको सरकार गठन गर्ने प्रक्रिया अगाडि बढाउन माग गरेका छन् । प्रदेश प्रमुखलाई समावेदन बुझाउँदै विपक्षीहरुको तर्फबाट काँग्रेस संसदीय दलका नेता बिरेन्द्र कनोडियाले असंवैधानिक पोखरेल नेतृत्वको सरकारले ३-४ महिनाको अवधि बिभिन्न जालझेल गरेर गुजारेको बताए । उनले धारा १६८ को (२) अनुसारको सरकार गठन गर्ने प्रक्रिया अगाडि बढाएर माओवादी केन्द्रका संसदीयदलका नेता कुल प्रसाद केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख समक्ष आग्रह गरे ।

समावेदन बुझाउनु अघि कांग्रेस प्रमुख सचेतक फकरुद्दीन खानले समावेदन पत्र पढेर सुनाएका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  १ : ४६ बजे

युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने

काठमाडौँ । वायु प्रदूषण रोक्न अब युरोपमा राजनीतिक प्राथमिकता भएको

संरक्षण थालिएको ताल नै सुकेपछि…

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका-४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म

भूकम्पले क्षति पु¥याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा । भूकम्पले क्षति पु¥याएको गोरखाको सहिद लखन गाउँपालिका-४ स्थित

सात हजार पशुपन्छीको उपचार

कैलाली । कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन

बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो

नेपालगञ्ज । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच