२० असार २०८३, शनिबार | July 4, 2026

बालुवाटारमा सत्ता गठबन्धनको कार्यदल बैठक, न्युनतम साझा कार्यक्रम आजै सार्वजनिक गर्ने तयारी



काठमाडौं । सत्ता गठबन्धनको कार्यदल बैठक आज पनि बसेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेदेखि बसेको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन लागिएको छ ।

कार्यदलले तयार पारेको प्रस्ताव आजै शीर्ष नेतृत्वलाई हस्तान्तरण गर्ने र आजै सो कार्यक्रममा हस्ताक्षर भै सार्वजनिक गर्ने तयारी भैरहेको कार्यदलका एक सदस्यले बताएका छन्। यसका लागि गठबन्धनका शीर्ष नेताहरुको बैठक पनि बस्दैछ ।

यसअघि सोमबार बिहान बसेको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमको खाका तयार पारेको थियो । सरकारको नीति तथा निर्णयलाई प्रभावकारी बनाउनका लागि सत्तारूढ दलले न्यूनतम कार्यक्रम बनाएका हुन् ।

कार्यक्रममा मुलुकको अर्थतन्त्र, भूराजनीतिक अवस्थितिबारे सरकारको दृष्टिकोण, संविधान संशोधन र नागरिकता ऐनमा सरकारको प्रतिवद्धता, कोरोना महामारी र यसको रोकथाम एवं राहतसम्बन्धी सरकारको नीतिलगायतका विषयहरूलाई समेटिएको छ ।

यसका लागि कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल क्रियाशील छ। सदस्यहरुमा कांग्रेसबाट रमेश लेखक र डा. मिनेन्द्र रिजाल, माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन र जसपाबाट महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ रहेका छन् ।

न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  १० : ५७ बजे

प्रचण्ड र माधव नेपाल आज बुटवल आउँदै, प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

विश्वकपमा मेसीको अर्को इतिहास, लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु । नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर । कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना

देशभर मनसुन सक्रिय, आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि