२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

एमालेद्वारा दार्चुला घटनाबारे ‘संसदीय छानबिन समिति’ गठन गर्न माग



काठमाडौं । नेकपा एमालेले दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ मालघाट घटनाबारे छानबिन गर्न ‘संसदीय छानबिन समिति’ गठन गर्नुपर्ने माग गरेको छ ।

यही साउन १५ गते दार्चुलाको मालघाटमा महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएपछि स्थानीयवासी जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका बताइएको छ ।

गृहमन्त्री बालकृष्ण खाँडले भारतीय एसएसबीबारे मौन बसेपछि एमाले सांसदहरुले पुनः विरोध गरेका छन् । उनीहरुले गृहमन्त्रीले संसदमा घटनाबारे दिएको जानकारी गैरजिम्मेवारपूर्ण भएको आरोप लगाए ।

एमालेका सांसद एवं खगराज अधिकारीले भने, अपराधपूर्ण क्रियाकलापबाट मृत्युवरण हुँदा नेपाल सरकार चाहिँ आफैं चुँडिएको जस्तो निमुखो तरिकाले प्रस्तुत भएको छ । यो हाम्रो स्वाभिमानविपरीत हो । यस्तो तरिकाले अपराधीमाथि कारवाही हुन सक्दैन ।’

त्यसअघि गृहमन्त्री बालकृष्ण खाँडले महाकाली नदीमा तुइन तर्दा जयसिंह धामी बेपत्ता भएको विषयमा मन्त्रालयले गठन गरेको छानबिन टोली दार्चुला पुगेको बताँउँदै सो टोलीले १० दिनभित्र प्रतिवेदन बुझाउने गृहमन्त्री खाँणले बताएका थिए ।

बैठकको शुरुमै दार्चुलाबाट निर्वाचित एमाले सांसद गणेशसिंह ठगुन्नाले घटनाबारे भारतसमक्ष औपचारिक विरोध दर्ता गर्नुपर्ने माग गरेका थिए । सांसद ठगुन्नाले घटनाका दोषी भारतीय एसएसबीलाई कारवाही गर्नुपर्ने, मृतकका आफन्तलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने मागसमेत गरेका छन् ।

सांसदले घटनाबारे उठेर विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले एमाले सांसद गणेशसिंह ठगुन्नालाई बोल्न समय दिएका थिए ।

सांसद ठगुन्नाले आफन्तले भारतीय प्रहरी चौकीमा किटानी जाहेरी दिँदासमेत सुनुवाइ नभएको बताउँदै नेपाल सरकारले भने घटनालाई ढाकछोप गर्ने प्रयास गरिरहेको आरोप लगाए । उनले दोषी भारतीय एसएसबीलाई मानवीय अपराध गरेको अभियोगमा कारवाही हुनुपर्ने माग गरे ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  २ : ३६ बजे

नेपालको वित्तीय क्षेत्रको सुदृढीकरणका लागि विश्वबैंकले ८० मिलियन डलर ऋण दिने

काठमाडौं। विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपाललाई वित्तीय क्षेत्रको स्थायित्व

गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं। गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत बारे सर्वोच्च

रुसका राष्ट्रपति पुटिनले आज पाँचौं पटक राष्ट्रपतिको शपथ लिदै

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आज पाँचौं पटक राष्ट्रपतिको

विदेशीन रहर गर्ने युवाहरुलाई उदाहरण प्रस्तुत गर्दै टिकापुरका युवाहरु

टिकापुर । विदेश गएर जुठो भाँडा माझ्नु, चौकिदारी गर्नु, अर्काको

विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने तयारीमा सरकार

काठमाडौं । सरकारले विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने प्रक्रिया सुरु