१ पुस २०८२, मंगलबार | December 16, 2025

सत्ता गठबन्धनको कार्यदल बैठक आज पनि बस्दै



काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन सत्तारुढ गठबन्धनको कार्यदलको बैठक आज फेरि बस्दै छ ।

मंगलबार बसेको कार्यदलको बैठकले साझा कार्यक्रमका विषयमा छलफल गरेको थियो । आज साझा कार्यक्रमलाई अन्तिमरूप दिन प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ९ बजे बैठक बस्ने लागेको हो ।

आजको बैठकले सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर शीर्ष नेतालाई प्रतिवेदन बुझाउने कार्यदलका सदस्य-सचिव केशवराज जोशीले जानकारी दिए ।

पाँच दलीय गठबन्धनद्वारा सरकार सञ्चालनमा सघाउन नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा मीनेन्द्र रिजाल र रमेश लेखक, नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ रहेको कार्यदल बनाएको थियो । त्यहि कार्यदल न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन क्रियाशील छ ।

साझा कार्यक्रमसहित कार्यदलको प्रतिवेदन प्राप्त भएपछि गठबन्धनका शीर्ष नेतृत्वले भावी रणनीति निर्धारण गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिइने बताइएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ८ : १० बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज