३ पुस २०८२, बिहिबार | December 18, 2025

चीनमा फेरि रफ्तार लियो कोरोना भाइरसले : ६३ नयाँ संक्रमित, दुई जनाको मृत्यु !



एजेन्सी । चीनमा कोरोना भाइरसका बिरामी फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घन्टामा ६३ जनामा नयाँ संक्रमण देखिएको छ ।

चीनले बुधबार झण्डै दुई महिनापछि लकडाउन हटाएको थियो । पछिल्लो १५/२० दिनमा चीनमा धेरै एसिम्टोम्याटिक संक्रमण फैलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर चिनियाँ सरकारले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार बुधबार चीनमा ६३ जनामा नयाँ संक्रमण देखिएको थियो । चीनको स्वास्थ्य विभागले बुधबार ६३ जनामध्ये ६१ विदेशबाट आएका व्यक्तिमा देखिएको जनाएको छ । दुई जना स्थानीयमै देखिएको छ । चीन सरकारले विशेष सतर्कताकासाथमा वुहानमा बुधबार लकडाउन हटाएको थियो ।

नयाँ संक्रमण धेरै देखिएको दिनमा थप दुई जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय ३५ पुगेको छ । चीनमा अहिलेसम्म संक्रमितको संख्या ८१ हजार पुगेको थियो । अब दोस्रो फेजको कोरोना संक्रमित चीनमा १ हजार १ सय ४ जना रहेका छन् ।

चीनले तीन महिनाको समय लगाएर कोरोना नियन्त्रणमा लिएको थियो । वुहानमा ७३ दिनसम्म लकडाउन गरिएको थियो । पछिल्ला दुईहप्तामा चीनमा नयाँ केस पनि आइरहेका छन् । चिनियाँ स्वास्थ्य विभागले विदेशबाट आउने व्यक्तिमा पछिल्लो समय संक्रमण देखिएको जनाएको छ ।

चीनको वुहानबाटै कोरोना भाइरसको संक्रमण संसारभर फैलिएको थियो । संसारका १५ लाख भन्दा धेरै व्यक्ति यसबाट प्रभावित भएका छन् भने अहिलेसम्म ८८ हजारले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  १२ : ४९ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका