३ पुस २०८२, बिहिबार | December 19, 2025

हराएको मोटरसाइलको खोजिमा महानगरिय ट्राफिकको सक्रियता : धमाधम फेला पर्दै हराएका बाईक



काठमाडौं । महानगरिय ट्राफिक प्रहरीले हराएको मोटरसाइकल खोजेर सवारीधनीलाई बुझाउने क्रमलाई तिब्र बनाएको छ आज पनि ट्राफिक प्रहरीले काठमाडौं टोखा नगरपालिका धनेश्वौरबाट हराएको प्रदेश ३-०२-००२ प ४८०३ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई विहिबार ट्राफिक प्रहरीले मोटरसाईकल सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नुवाकोट सुर्यगडी गाउँपालिका – ४ घर भई हाल काठमाण्डौ बनस्थलि बस्ने वर्ष २४ का संजय तामाङ्ग र जिल्ला नुवाकोट तादी गाउँपालिका – ६ घर भई हाल काठमाण्डौ तारकेश्वथर – ६ बस्ने वर्ष ३२ का बुद्धि बहादुर तामाङ् रहेका छन् ।

यी दुवैलाई ट्राफिक प्रहरीले काठमाण्डौ तारकेश्व्र – ६ धर्मस्थलीबाट बा ८९ प ७९६९ नम्वरको कालो, रातो रंङको २२० सी.सी.को पल्सर मोटरसाईकल शंकास्पद रूपमा चलाईरहेको अवस्थामा फेलापारी चेक जाँच गरी बुझ्दा उक्त च्यासिस तथा ईन्जिन नम्वर भएको मोटरसाईकलको वास्तविक नम्बर हराएर प्रहरीमा उजुरी परेको प्रदेश ३-०२-००२ प ४८०३ खुल्न आएको ट्राफिक प्रहरी प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

चोरीमा संलग्नहरुलाई पक्राउ गर्न महाशाखाले सादा पोसाकमा ट्राफिक प्रहरीको टोली परिचालित गरी निरन्तर सुचना संकलन र निगरानी पश्चात नम्वर परिवर्तन गरी मोटरसाईकल चलाईरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमालिन सफल भएको उनले बताए ।

उक्त मोटरसाइकल यही श्रावण १३ गते टोखा नगरपालिका धनेश्वईरबाट हराएको हुँदा खोज तलास गरी पाउँ भनि रसुवा नौकुण्ड गाउँपालिका – ६ घर भएका बर्ष २१ को राममान तामाङ्गले निबेदन यस महाशाखामा दिएका थिए ।

पक्राउ परेको मोटरसाईकल सहितदुवै जनालाई थप अनुसन्धान एवं कानुनी कारबाहीको लागी प्रहरी बृत्त,महाराजगंजमा बुझाएको समेत ट्राफिक महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  ११ : २० बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको