४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोना भाइरसबाट भारतमा डाक्टरको मृत्यु



काठमाडौ । भारतको मध्य प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को कारण एक डाक्टरको मृत्यु भएको छ । ६२ वर्षीय डाक्टर शत्रुघ्न पञ्जवानीको कोरोना भाइरसको कारण मृत्यु भएको हो ।

यो घटनाबारे प्रदेशका मुख्यमन्त्री शिवराज चौहानले सामाजिक सञ्जालमार्फत कोभिड–१९ विरुद्ध लड्दै बलिदान दिने डाक्टरको आत्माको शान्तिको कामना गरेका छन् । भाइरसको संक्रमण पुष्टि भएपछि उनको उपचार चलिरहेको थियो । तर, उनको अवस्था भने गम्भीर बनेको थियो ।

बिहीबार बिहान उनको मृत्यु भएको हो । मध्यप्रदेशमा कोरोनाको कारण पहिलोपटक डाक्टरको मृत्यु भएको हो । यद्यपि धेरै डाक्टरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

डाक्टरको मृत्युको समाचारसँगै प्रशासनले स्वास्थ्यकर्मीलाई विशेष सावधानी अपनाउन सुझाव दिएको छ । कोरोना भाइरसको उपचार गराइरहेका धेरै डाक्टर अहिले आफ्नो परिवारलाई संक्रमण हुने आशंकाले घर जान सकिरहेका छैनन् ।

भारतमा पछिल्लो केही दिनयता कोरोना भाइरसका संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

बीबीसी हिन्दीबाट

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  ७ : ३४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको