३० श्रावण २०८३, शनिबार | August 15, 2026

आज एसईईको नतिजा प्रकाशित हुँदै, यसरी हेर्न सकिन्छ नतिजा



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्दै छ । कोरोना माहामारीका कारण प्रत्यक्ष परीक्षा संचालन गर्न नसकेको परीक्षा बोर्डले विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गर्न लागेको हो ।

एसईई परीक्षा २०७७ को नतिजा हेर्नका लागि बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी व्यवस्था मिलाएको जनाएको छ ।

परीक्षा बोर्डका अनुसार २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा नतिजा हेर्नका लागि इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सकिने तथा नेपाल टेलिकममार्फत १६०० एनसेलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने गरिव्यवस्था मिलाईएको छ ।

त्यसैगरी बोर्डले २०७७ को एसईईको नतिजा विभिन्न फर्म र संस्थानबाट समेत सार्वजनिक गर्ने जनाएको छ । बोर्डले बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रा लि, इडियु संजाल नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटबाट सार्वजनिक हुने जानकारी दिएको छ ।

परीक्षार्थीले www.see.gov.npwww.neb.gov.npwww.theconnectplus.comwww.see.edusanjal.comwww.see.ntc.net.np, www.ncell.axiata.com लगायतका वेवसाईटबाट पनि एसईईको नतिजा थाहा पाउन बोर्डले जनाएकाे छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  २ : १८ बजे

पाटन बारको अध्यक्षमा निरौला विजयी

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

खजुरा क्यान्सर अस्पतालमा आजबाट दैनिक नित्यपूजा अर्चना सहित स्वास्थ्यलाभका लागि प्रर्थना गरिने

नेपालगन्ज । धार्मिक अनुष्ठानबाट संकल्प गरिएको बाँकेको खजुरा स्थित सुशील

सरकारको विश्वसनीयता खस्किदै गएको छ : वरिष्ठ उपाध्यक्ष बैद्य

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको ३४ र ३५ ओै

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो