२९ मंसिर २०८२, सोमबार | December 15, 2025

न्यू खिम्ती सवस्टेशन संचालनमा, माथिल्लो तामाकोशीको बिजुली काठमाडौं ल्याउन सहज



काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले उत्पादन गरेको बिजुली न्यू खिम्ती सवस्टेशनमा चार्ज गरिएको छ ।

स्वदेशी लगानीमा निर्मित देशको हालसम्मकै ठूलो आयोजनाको बिजुली काठमाडौं उपत्यका भित्र्याउनका लागि महत्वपूर्ण मानिएको उक्त सवस्टेशन सफलतापूर्वक चार्ज भएको माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए ।

रामेछापको फुलासीमा निर्माण गरिएको उक्त सवस्टेशनको क्षमता २२०÷१३२ केभीको छ । “सवस्टशेन आज चार्ज भई काठमाडौँसम्म बिजुली जोडिएको छ । यो आयोजनाका लागि अर्को महत्वपूर्ण सफलता हो”, श्रेष्ठले भने। उनका अनुसार ढल्केबरपछि यो सवस्टेशन अर्को ठूलो हो । ढल्केबर ४०० केभी र न्यू खिम्ती २२० केभी क्षमताको हो । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले लामोसाँघु–काठमाडौं प्रसारण लाइनमार्फत तत्काल ९० मेगावाट बिजुली प्रवाह गरिएको बताए ।

कूल ४५६ मेगावाट क्षमताको तामाकोशीका हाल चार युनिट सञ्चालनमा आएका छन् । एउटा युनिटको क्षमता ७६ मेगावाटको छ भने हाल त्यहाँबाट ३०४ मेगावाट बिजुली उत्पादन गरिएको छ । अन्य दुई युनिट पनि छिट्टै सञ्चालनमा ल्याइने तयारीे छ ।

उक्त सवस्टेशनमा १०० केभी क्षमताको चार वटा पावर ट्रान्सफर्मर जडान गरिएको छ । जडान गरिएका ट्रान्सर्फरमध्ये तीन वटा नियमित सञ्चालनमा ल्याइने र एउटा जगेडामा राखिनेछ । माथिल्लो तामाकोशीको बिजुली हाल खिम्ती– ढल्केबर प्रसारण लाइनमार्फत ढल्केबर पुगेपछि देशभर वितरण हुन्छ । आयोजना झण्डै ११ वर्षपछि सम्पन्न भएको हो ।

शुरुआती लागत ३५ अर्ब भए पनि प्राकृतिक विपत्ति, भारतको सीमानाकामा अवरोध तथा डिजाइनमा भएको परिवर्तन, अमेरिकी डलरमा भएको मूल्यवृद्धि तथा ठेकेदारको बदमासीका कारण लागत बढेर ८४ अर्बको हाराहारीमा पुगेको छ । यो आयोजनाले स्वदेशी लगानीमै ठूला आयोजना निर्माण गर्न सकिन्छ भन्ने विश्वास दिलाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ४ : ३१ बजे

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ

निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी