३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

लुम्बिनी प्रदेश प्रमुखले आह्वान गरेको प्रदेशसभा अधिवेशन विरुद्ध परेको रिट सर्वाेच्चद्वारा दरपीठ



काठमाडौं । लुम्बिनी प्रदेश प्रमुखबाट आह्वान भएको प्रदेश सभाको अधिवेशन स्थगित गर्न माग गर्दै सर्वोच्च अदालतमा पेश भएको रिट निवेदन अदालतबाट दरपीठ गरि फिर्ता गरिदिएको छ । प्रदेश सभामा १ तिहाई सदस्यहरुको माग बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ का लागि प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरेकोमा त्यस विरुद्ध सर्वोच्चमा रिट निवेदन परेको थियो ।

अधिवेसन आह्वान विरुद्ध अधिवक्ता प्रवेश केसीले सर्वोच्चमा रिट निवेदन पेश गरेका थिए । रिट जिवेदनमा प्रदेश सरकारको सिफारिस वा प्रदेश सरकारको परामर्शमा मात्र प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्नु पर्नेमा त्यसो नगरिएको भन्दै अन्तरिम आदेशबाट अधिवेशन स्थगनको माग गरिएको थियो ।

अदालतले रिट हकदैयाको अभाव भन्दै दरपीठ गरिदिएको हो । प्रदेश सरकारकै योजनामा अधिवक्ता मार्फट सर्वोच्चमा पेश गरिएको रिटमा दरपीठ भएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री थप संकटमा परेका छन् । अव प्रदेश सरकार आफै सर्वोच्च जान पर्ने वा अधिवेशनमा अविश्वासको प्रस्तावको सामाना गर्नु मुख्यमन्त्रीको लागि बाध्यता बनेको एक अधिवक्ताले बताए ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ६ : ३९ बजे

ललितपुरमा हर्षोउल्लासका साथ मनाइयो पायः (खड्ग) जात्रा

ललितपुर । महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत ‘पायः जात्रा’ अर्थात्

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बससेवा

काठमाडौँ । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

मुक्तिनाथ मन्दिरमा दशैंको टीका

मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट