१८ बैशाख २०८१, मंगलबार | May 1, 2024

रुपन्देहीमा निजी सवारी साधनमा काठ तस्करी



बुटवल । रुपन्देही प्रहरीले एक निजी सवारी साधनबाट ८ लाख बढी मुल्य पर्ने काठ बरामद गरेको छ । सैनामैना क्षेत्रको जङ्लबाट सालको रुख काटेर बिक्रि वितरणको तयारी अवस्थामा प्रहरीले काठ लोड गरिएको निजी सवारी साधन सहित काठ बरामद गरेको हो ।

प्रहरीका अनुसार अबैध रुपमा सालका काठ काटी चोरी निकाशी हुँदै गरेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १० मा चेकजाँच गर्ने क्रममा ९ गोलिया काठ ९५२।६५ क्यू फिट सालको गोलिया बरामद गरेको छ । काठ सहित लु २ च ४१३३ नम्बरको छोटाहात्ती सहित देवदह नगरपालिका १० बस्ने ३१ वर्षिय नवराज पोख्रेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । बरामद भएको काठको ८लाख ४२ हजार ४०० रुपैयाँ पर्ने प्रहरीले अनुमान गरेको छ ।

बरामद गरिएको काठ, काठ लोड गरिएको गाडी तथा गाडी चालक पोखरेललाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको बन कार्यालय बसन्तपुर रुपन्देही पठाईएको डीएसपी थापाले जानकारी दिए ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ११ : ०३ बजे

डिजेल, मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ को

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौंथो एक्स्टेन्सन काउन्टर उद्घाटन

बुटवल । कपिलवस्तुको पकडीमा एभरेष्ट बैंक लिमिटेडको चौंथो एक्स्टेन्सन काउन्टर