२४ असार २०८३, बुधबार | July 8, 2026

कोभिसिल्ड खोपको दोस्रो मात्रा आजदेखि लगाइँदै



काठमाडौं । कोरोना भाइरसविरुद्धको ‘कोभिसिल्ड’ खोप लगाएका ज्येष्ठ नागरिकलाई सरकारले आजदेखि साउन ३१ गतेसम्म दोस्रो डोज खोप उपलब्ध गराउँदैछ ।

दोस्रो मात्राको प्रतीक्षामा रहेका ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई एष्ट्राजेनेका खोप दिन लागेको हो ।

अक्सफोर्ड एस्ट्राजेनेकाद्वारा विकास गरिएको र भारतमा उत्पादन गरिएको कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउन १३ लाख ६४ हजार ज्येष्ठ नागरिक प्रतीक्षामा थिए ।

फागुन २३ देखि चैत १० गतेसम्म पहिलो मात्रा खोप लगाएका ती ज्येष्ठ नागरिकले करिब २३ हप्तापछि दोस्रो मात्रा खोप लगाउन लागेका हुन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले खोपको पहिलो र दोस्रो मात्रा आठदेखि १२ हप्ताको अन्तरमा लगाउनुपर्ने सुझाव दिँदै आए पनि एउटै खालको खोप उपलब्ध नहुँदा ज्येष्ठ नागरिकलाई ढिलो गरी खोप दिइन लागिएको हो ।

तथापि एउटा पछिल्लो अध्ययनले ४५ हप्ताको अन्तरमा खोप लगाउँदा त्यसले अझ प्रभावकारी प्रतिरोधी प्रणाली उत्पन्न गराउने जनाइएकाले अहिले दिइने खोप पनि प्रभावकारी हुने सरकारी अधिकारीहरुको विश्वास छ ।

कोरोनाविरुद्धको ५ लाख १३ हजार ४ सय २० मात्रा एष्ट्राजेनेका खोप सरकारले पाँच प्रदेशमा पठाइसकेको छ । कर्णाली र सुदुरपश्चिम प्रदेशमा आइतबार खोप पठाईएको र पुग्न दुई दिन लाग्ने भएकाले बुधबारदेखि ती प्रदेशमा लगाउन थालिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जापान सरकारले कोभ्याक्स मार्फत अनुदानमा दिएको १६ लाख ऐष्ट्राजेनेका खोपमध्ये पहिलो चरणमा ल्याउन बाँकी २ लाख ८७ हजार मात्रा खोप आज ल्याइँदैछ । दोस्रो चरणमा जापानले दिएको बाँकी ८ लाख मात्रा खोप चाडै ल्याइने मन्त्रालयले जनाएको छ ।

दोस्रो मात्रा दिई बाँकी रहेको खोप भने विभिन्न रोगका बिरामीलाई प्राथमिकतामा राखेर दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ८ : १६ बजे

रुपन्देहीमा असार २८ गते “लुम्बिनी वास्तु सम्मेलन २०८३” हुदैँ

बुटवल । सनातन वास्तु परम्पराको संरक्षण, अध्ययन, अनुसन्धान तथा प्रवद्र्धन

नेप्से परिसूचक ३० दशमलव ०९ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

स्थानीयतहका पदाधिकारी/सदस्यको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी

१२ हजार घुस लिएको अवस्थामा वन अधिकृत घुससहित पक्राउ

काठमाडौं । सब डिभिजन वन कार्यालय बन्दीपुर कार्यालयका प्रमुख रामकेवल

निजी क्षेत्रलाई प्रधानमन्त्रीको आश्वासन – ‘उद्योगीलाई धरपकड गर्ने सरकारको नीति छैन’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले निजी क्षेत्रलाई नियन्त्रण गर्ने