१८ माघ २०८२, आइतबार | February 2, 2026

कोभिसिल्ड खोपको दोस्रो मात्रा आजदेखि लगाइँदै



काठमाडौं । कोरोना भाइरसविरुद्धको ‘कोभिसिल्ड’ खोप लगाएका ज्येष्ठ नागरिकलाई सरकारले आजदेखि साउन ३१ गतेसम्म दोस्रो डोज खोप उपलब्ध गराउँदैछ ।

दोस्रो मात्राको प्रतीक्षामा रहेका ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई एष्ट्राजेनेका खोप दिन लागेको हो ।

अक्सफोर्ड एस्ट्राजेनेकाद्वारा विकास गरिएको र भारतमा उत्पादन गरिएको कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउन १३ लाख ६४ हजार ज्येष्ठ नागरिक प्रतीक्षामा थिए ।

फागुन २३ देखि चैत १० गतेसम्म पहिलो मात्रा खोप लगाएका ती ज्येष्ठ नागरिकले करिब २३ हप्तापछि दोस्रो मात्रा खोप लगाउन लागेका हुन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले खोपको पहिलो र दोस्रो मात्रा आठदेखि १२ हप्ताको अन्तरमा लगाउनुपर्ने सुझाव दिँदै आए पनि एउटै खालको खोप उपलब्ध नहुँदा ज्येष्ठ नागरिकलाई ढिलो गरी खोप दिइन लागिएको हो ।

तथापि एउटा पछिल्लो अध्ययनले ४५ हप्ताको अन्तरमा खोप लगाउँदा त्यसले अझ प्रभावकारी प्रतिरोधी प्रणाली उत्पन्न गराउने जनाइएकाले अहिले दिइने खोप पनि प्रभावकारी हुने सरकारी अधिकारीहरुको विश्वास छ ।

कोरोनाविरुद्धको ५ लाख १३ हजार ४ सय २० मात्रा एष्ट्राजेनेका खोप सरकारले पाँच प्रदेशमा पठाइसकेको छ । कर्णाली र सुदुरपश्चिम प्रदेशमा आइतबार खोप पठाईएको र पुग्न दुई दिन लाग्ने भएकाले बुधबारदेखि ती प्रदेशमा लगाउन थालिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जापान सरकारले कोभ्याक्स मार्फत अनुदानमा दिएको १६ लाख ऐष्ट्राजेनेका खोपमध्ये पहिलो चरणमा ल्याउन बाँकी २ लाख ८७ हजार मात्रा खोप आज ल्याइँदैछ । दोस्रो चरणमा जापानले दिएको बाँकी ८ लाख मात्रा खोप चाडै ल्याइने मन्त्रालयले जनाएको छ ।

दोस्रो मात्रा दिई बाँकी रहेको खोप भने विभिन्न रोगका बिरामीलाई प्राथमिकतामा राखेर दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ८ : १६ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन