२२ माघ २०८२, बिहिबार | February 6, 2026

विश्वकै दोस्रो लामो जिपलाइन पर्वतमा बन्दै, दशैँसम्म सञ्चालन हुने



पर्वत । पर्वत सदरमुकाम कुश्माबजारमा निर्माणाधीन विश्वकै दोस्रो लामो दाबी गरिएको जिपलाइन आगामी दशैँसम्म सञ्चालनमा आउने भएको छ ।

पर्वतका सात जना युवा व्यवसायीको करिब रु १३ करोड लगानीमा निर्माणाधीन जिपलाइनको ९० प्रतिशत काम सकिएको हार्नेश जिपलाइन प्रालिका निर्देशक राजकुमार बस्नेतले बताए । उनले दशैँसम्म सञ्चालन गर्ने तयारीका साथ काम भइरहेको बताए । “अहिले रिसोर्टतर्फको काम पनि धमाधम भइरहेको छ तर त्योभन्दा पहिले नै जिपलाइन सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । जिपलाइन र हाइड्रोलिक पिङको काम अन्तिमतिर आइपुगेको छ”, उनले भने, “पर्वतमा साहसिक पर्यटनको विकासका लागि यो जिपलाइन पनि महत्वपूर्ण हुनेछ । जिपलाइनसहित साहसिक खालका अरु काम पनि हामीले गर्ने तयारी गरिरहेका छौँ ।” जिपलाइनको परीक्षण अब १५ दिनपछि गर्ने तयारी भइरहेको बस्नेतले बताए । यस्तै छ महिनाभित्रमा रिसोर्ट, ह्युमन सिलिङसट र स्वीमिङ पुल निर्माणको काम सक्ने उनको भनाइ छ ।

यसैगरी हार्नेश जिपलाइनले पर्वत जिल्लालाई साहसिक खेलको जिल्लाकै रूपमा परिचित गराउन र मुस्ताङ आउजाउ गर्ने पर्यटकलाई पर्वतमा बस्नै मन लाग्ने बनाउनका लागि कालीगण्डकी नदीमा जेटस्की (वाटर बाइक) समेत सञ्चालन गर्ने योजना बनाएको छ । कम्पनीका अध्यक्ष विदुर पौड्यालले पोखराबाट स्थलमार्ग हुँदै धेरै पयर्टक मुस्ताङसम्म जाने गरेको भए पनि उनीहरू पर्वतका पर्यटकीय गन्तव्यस्थलमा नपुग्दा जिल्लामा पर्यटकीय विकास हुन नसकेको बताए ।

समुद्रको पानीमा साहसिक खेल खेल्न रुचाउने पर्यटकलाई बाह्य तथा आन्तरिक पर्यटकलाई लक्षित गरेर नै कालीगण्डकी नदीमा जेटस्की सञ्चालनमा ल्याउने तयारी गरिएको पौड्यालले बताए । जेटस्कीको परीक्षण सफल भए कालीगण्डकी नदीको सतहमा मोटरसाइकलमा गुडेजस्तै गरी गुड्ने साधनमा खेल्न पाइने उनको भनाइ छ । अहिले वर्षायाम भएकाले नदीमा पानीको बहाव ठूलो भएका कारण पानीको मात्रा घट्नासाथ परीक्षण गर्ने तयारीमा लगानीकर्ता छन् ।

सदरमुकामसमेत रहेको कुश्मा नगरपालिका-५ चाक्लेको डिलबाट कालीगण्डकी नदीको किनारमा रहेको साउने बगरसम्म एक हजार ४०० मिटरको दूरीमा जिपलाइन बनाउन थालिएको हो । निर्माणको जिम्मा लिएको भारतीय कम्पनी श्याम जिपलाइनका इञ्जिनीयर नवीन म्यासीका अनुसार क्लासिक जिपलाइनमा कुर्सीमा बसेजस्तै गरेर डोरीमा बगिन्छ भने घोप्टो सुतेर गन्तव्यमा पुगिन्छ ।

पर्वतको जिपलाइनमा एकै पटकमा दुईजनासँगै झुण्डिन मिल्छ भने ६० देखि ९० सेकेण्डको समय अवधिभित्रमा यात्रा पूरा हुन्छ । जिपलाइनमा प्रयोग हुने डोरीले एक पटकमा दुई हजार किलो तौल धान्न सक्ने जनाइएको छ । रासस

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ९ : २० बजे

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद