३ कार्तिक २०८३, मंगलबार | October 21, 2026

लुम्बिनी प्रादेशिक अस्पताल भित्रै ब्लड बैंक सञ्चालन हुँदै, रुपन्देही ब्यापार संघले लगानी गर्ने



बुटवल । रुपन्देहीको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल परिषरमा ब्लड बैंक नभएका कारण विरामीलाई समस्या परिरहेका बेला रुपन्देही व्यापार संघले आफ्नै लगानीमा अस्पताल परिषर भित्रै ब्लड बैंक स्थापना गरिदिने भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको प्राविधिक एवं भौतिक व्यवस्थानमा रुपन्देही व्यापार संघको लगानीमा प्रादेशिक अस्पतालमा रक्तसंञ्चार केन्द्र (ब्लड बैंक) स्थापना हुने भएको हो ।

मंगलवार एक कार्यक्रमका बीच अस्पताल प्रशासन र ब्यापार संघ बीच ब्लड बैंक स्थापनाका लागि संस्थागत रुपमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । १० बुँदे सम्झौता पत्रमा लुम्बिनी प्रादेशिक अस्पतालकातर्फबाट अस्पताल विकास समितिका अध्यक्ष सुर्य बहादुर भट्टराई, सदस्य रिज्जु श्रेष्ठ र मेसु डा. राजेन्द्र खनालले हस्ताक्षर गरेका छन् भने रुपन्देही ब्यापार संघकातर्फबाट अध्यक्ष यमलाल लोहनी, महासचिव दयानीध भण्डारी र कोषाध्यक्ष दिपक अधिकारीले हस्ताक्षर गरेका छन् ।

अस्पतालको परिषरमा अस्पतालले उपलब्ध गराएको भौतिक संरचनामा रुपन्देही ब्यापार संघको लगानीमा ब्लड बैंकलाई आबश्यक पर्ने सम्पूर्ण उपकरण उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख छ । ब्लड बैंकलाई नियमित संचालन गर्नका लागि ७ सदस्यि सञ्चालक समिति गठन गर्ने जसमा रुन्देही व्यापार संघकातर्फबाट ३, अस्पताल विकास समितिबाट २, स्थानिय सरकार बुटवल उपमहानगरपालिकाबाट १ तथा जिल्ला प्रशासनबाट एक जनाको प्रतिनिधित्व रहने सम्झौता पत्रमा लेखिएको छ ।

प्रस्तावित ब्लड बैंकले गरिब, असाय र अशक्त विरामीलाई निशुल्क सेवा दिने प्रतिवद्धता संझौतामा जनाइएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ६ : ४३ बजे

ललितपुरमा हर्षोउल्लासका साथ मनाइयो पायः (खड्ग) जात्रा

ललितपुर । महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत ‘पायः जात्रा’ अर्थात्

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बससेवा

काठमाडौँ । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

मुक्तिनाथ मन्दिरमा दशैंको टीका

मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट