२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

लुम्बिनी प्रदेश : एमाले संसदीय दलको बैठक सकियो, मुख्यमन्त्री पोखरेल राजीनामाको मनस्थितिमा



बुटवल । आफ्नो सत्ता जोगाउन सबै उपाय अपनाउँदा पनि सत्ता जोगिने अवस्था नदेखिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामाको मनस्थितीमा पुगेका छन् ।

बहुमतका लागि आवश्यक सांसदको संख्या जुटाउने प्रयास असफल भएपछि र सर्वोच्चबाट समयावधि भित्र आदेश पनि जारी हुने अवस्था नदेखिएपछि पोखरेल राजीनामाको मनस्थितीमा पुगेका हुन् ।

राजीनामाको मनस्थितीमा रहेका पोखरेलले मंगलबार नै प्रमुख सचिवलाई बोलाएर राजीनामा दिने संकेत गरेको स्रोतले दाबी गरेको छ । त्यसैगरि मुख्यमन्त्री पोखरेलले सचिवहरुलाई आज बिहान बोलाएर मन्त्रीहरुको कुनै निर्णयहरु सदर गर्न छुट भएको भए गराउन निर्देशन दिएको पनि स्रोतले जनाएको छ ।

यसअघि मुख्यमन्त्री कार्यालयमा बस्ने गरेको मन्त्रिपरिषदको बैठक पनि निवासमा बोलाएका पोखरेलले राजीनामा पछि एमालेले खेल्ने भुमिकाका विषयमा र कार्यकालमा सहयोग गर्ने मन्त्रिपण्डलका सदस्यहरुलाई धन्यवाद दिएको बताईएको छ ।

संसदीय दलको बैठकमा पनि उनले घुमाउरो पाराले राजीनामा दिने संकेत गरेको एक एमाले सांसदले बताए । बैठकमा राजीनामाका बिषयमा कुनै कुरा नउठेको एमाले संसदीय दलका मुख्य सचेतक भुमिश्वर ढकालले बताए ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै मुख्य सचेतक भूमिश्वर ढकालले प्रदेशसभामा उपस्थित हुने या बहिस्कार गर्ने या के गर्ने भन्नेबारेको सबै निर्णय गर्ने अधिकार संसदीय दलको नेतालाई दिइएको बताए ।

ढकालले प्रदेशसभा सचिवालयले विगतको परम्परा तोडेको आरोप लगाए । उनले भने, ‘कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाइएको छैन । अहिलेम्म के विषयम छलफल हुँदैछ भन्ने जानकारी हामीलाई दिइएको छैन । अब हामी गर्ने भन्नेबारे छलफल गर्दैछौं ।’

मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्तावमाथि आज दिउँसो १ बजे छलफल गर्ने गरी प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको छ । सर्वोच्च अदालतले १ बजे अघि नै अधिवेशन स्थगित गर्ने अन्तरिम आदेश जारी नगरेरमा विशेष अधिवेशन स्वतः अघि बढ्नेछ । प्रदेशसभामा मुख्यमन्त्री पोखरेल अल्पमतमा रहेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ९ : ५३ बजे

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०