३० चैत्र २०८२, सोमबार | April 13, 2026

लुम्बिनी प्रदेश : एमाले संसदीय दलको बैठक सकियो, मुख्यमन्त्री पोखरेल राजीनामाको मनस्थितिमा



बुटवल । आफ्नो सत्ता जोगाउन सबै उपाय अपनाउँदा पनि सत्ता जोगिने अवस्था नदेखिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामाको मनस्थितीमा पुगेका छन् ।

बहुमतका लागि आवश्यक सांसदको संख्या जुटाउने प्रयास असफल भएपछि र सर्वोच्चबाट समयावधि भित्र आदेश पनि जारी हुने अवस्था नदेखिएपछि पोखरेल राजीनामाको मनस्थितीमा पुगेका हुन् ।

राजीनामाको मनस्थितीमा रहेका पोखरेलले मंगलबार नै प्रमुख सचिवलाई बोलाएर राजीनामा दिने संकेत गरेको स्रोतले दाबी गरेको छ । त्यसैगरि मुख्यमन्त्री पोखरेलले सचिवहरुलाई आज बिहान बोलाएर मन्त्रीहरुको कुनै निर्णयहरु सदर गर्न छुट भएको भए गराउन निर्देशन दिएको पनि स्रोतले जनाएको छ ।

यसअघि मुख्यमन्त्री कार्यालयमा बस्ने गरेको मन्त्रिपरिषदको बैठक पनि निवासमा बोलाएका पोखरेलले राजीनामा पछि एमालेले खेल्ने भुमिकाका विषयमा र कार्यकालमा सहयोग गर्ने मन्त्रिपण्डलका सदस्यहरुलाई धन्यवाद दिएको बताईएको छ ।

संसदीय दलको बैठकमा पनि उनले घुमाउरो पाराले राजीनामा दिने संकेत गरेको एक एमाले सांसदले बताए । बैठकमा राजीनामाका बिषयमा कुनै कुरा नउठेको एमाले संसदीय दलका मुख्य सचेतक भुमिश्वर ढकालले बताए ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै मुख्य सचेतक भूमिश्वर ढकालले प्रदेशसभामा उपस्थित हुने या बहिस्कार गर्ने या के गर्ने भन्नेबारेको सबै निर्णय गर्ने अधिकार संसदीय दलको नेतालाई दिइएको बताए ।

ढकालले प्रदेशसभा सचिवालयले विगतको परम्परा तोडेको आरोप लगाए । उनले भने, ‘कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाइएको छैन । अहिलेम्म के विषयम छलफल हुँदैछ भन्ने जानकारी हामीलाई दिइएको छैन । अब हामी गर्ने भन्नेबारे छलफल गर्दैछौं ।’

मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्तावमाथि आज दिउँसो १ बजे छलफल गर्ने गरी प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको छ । सर्वोच्च अदालतले १ बजे अघि नै अधिवेशन स्थगित गर्ने अन्तरिम आदेश जारी नगरेरमा विशेष अधिवेशन स्वतः अघि बढ्नेछ । प्रदेशसभामा मुख्यमन्त्री पोखरेल अल्पमतमा रहेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ९ : ५३ बजे

खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा

पेरिस  । मध्य पूर्वमा जारी तनाव निर्णायक मोडतर्फ उन्मुख देखिएको

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल

सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सङघीय सरकारको प्रमुख

आश्रम व्यवस्थापन गर्न कुरिलो खेती

नारायणगढ । भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम व्यवस्थापनका लागि

कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा ,डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता अन्त्य हुँदै

टीकापुर । कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी