६ श्रावण २०८३, बुधबार | July 22, 2026

जबर्जस्ती करणी उद्योगको आरोपमा सम्मरीमाई गाँउपालिका अध्यक्ष पक्राउ



बुटवल । जबर्जस्ती करणी उद्योगको अभियोगमा रुपन्देहीका एक गाँउ पालिकाका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु) लाई प्रहरीले जबर्जस्ती करणी उद्योगको अभियोगमा पक्राउ गरेको छ । सम्मरीमाई गाउँपालिका वडा नम्बर १ की एक महिलामाथि जवरजस्ती करणी उद्योग गरेको आरोपमा प्रहरीले शुक्ललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

वडा नम्बर ६ असुरैनामा रहेको गाउँपालिका अध्यक्षको घरमै बोलाएर महिलालाई जवरजस्ती करणी उद्योग गरेको भन्दै पीडित पक्षले उजुरी दिएको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालयमा पीडित पक्षले उजुरी दर्ता गराएका थिए । उजुरीको आधारमा गाउँपालिका अध्यक्ष शुक्ललाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए ।

चोरी सम्बन्धी कसुरमा प्रहरी हिरासतमा रहेका पीडितका श्रीमानलाई छुटाईदिने आश्वासन दिएर जवरजस्ती करणी उद्योग गरेको पीडित पक्षको आरोप छ ।

प्रहरीले घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ६ : ०० बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको