२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

जबर्जस्ती करणी उद्योगको आरोपमा सम्मरीमाई गाँउपालिका अध्यक्ष पक्राउ



बुटवल । जबर्जस्ती करणी उद्योगको अभियोगमा रुपन्देहीका एक गाँउ पालिकाका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु) लाई प्रहरीले जबर्जस्ती करणी उद्योगको अभियोगमा पक्राउ गरेको छ । सम्मरीमाई गाउँपालिका वडा नम्बर १ की एक महिलामाथि जवरजस्ती करणी उद्योग गरेको आरोपमा प्रहरीले शुक्ललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

वडा नम्बर ६ असुरैनामा रहेको गाउँपालिका अध्यक्षको घरमै बोलाएर महिलालाई जवरजस्ती करणी उद्योग गरेको भन्दै पीडित पक्षले उजुरी दिएको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालयमा पीडित पक्षले उजुरी दर्ता गराएका थिए । उजुरीको आधारमा गाउँपालिका अध्यक्ष शुक्ललाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए ।

चोरी सम्बन्धी कसुरमा प्रहरी हिरासतमा रहेका पीडितका श्रीमानलाई छुटाईदिने आश्वासन दिएर जवरजस्ती करणी उद्योग गरेको पीडित पक्षको आरोप छ ।

प्रहरीले घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ६ : ०० बजे

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार

सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो

बुटवल । यातायात क्षेत्रसँग सम्बद्ध विभिन्न व्यक्तिहरुले सहजरुपमा यातायात व्यवसाय

भारतबाट नेपाल आएर जुवा (सट्टेबाजी) खेलाउने १३ जना प्रहरीबाट सार्वजनिक(नामसहित)

बुटवल । बुटवलबाट सट्टेबाजी गरेको अभियोगमा पक्राउ परेका १३ जना

बुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक पुनः डिजाईनको लागि कार्यदल गठन

बुटवल । बुटवल बेलहीया ब्यापारीक मार्ग अन्तरगत बुटवलको चौराहादेखि चिडियाखोलासम्मको

‘थोर्गेली गुड’ बजारीकरणको प्रयास

गुल्मी । ‘गुल्मी थोर्गाको गुड’ बजारमा अहिलेको होइन, धेरै पहिलेदेखि