१६ बैशाख २०८१, आइतबार | April 28, 2024

जनस्वास्थ्यको हटलाइन सेवामा बुटवलका स्वास्थ्यकर्मी



बुटवल । बुटवल उपमहानगरपालिकाले जनस्वास्थ्यलाई मध्यनजर गर्दै उपमहानगरका स्वास्थ्यकर्मीहरुलाई हटलाइन सेवामा खटाएको छ ।

बुटवलमा फिवर क्लिनिक मार्फत चेकजाँच सबै टोलहरुमा सेवा प्रवाह भइरहेको छ भने सचेतनाका कार्यक्रमहरु पनि चलिरहेका छन् ।
उपमहानगरपालिकाका १९ वटा वडाहरुलाई लक्षित गरि सञ्चालनमा रहेका सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र तथा स्वास्थ्य चौकीहरुमा फिवर क्लिनिकका साथै प्राथमिक उपचार सेवालाई अझ प्रभावकारी बनाउने काम भइरहेको प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो ।

जनस्वास्थ्यका क्षेत्र संवेदनशिल हुने भएको बताउँदै प्रमुख सुवेदीले एकातिर राहत वितरण, सचेतनाका कार्यक्रम संगै स्वास्थ्यकर्मीहरुमार्फत जनस्वास्थ्यको सेवा प्रवाहलाई प्राथमिकताका साथ सञ्चालन गरिएको बताउनुभयो ।

उपमहानरगरका विभिन्न ठाउँका स्वास्थ्य संस्थामा कार्यरत स्वस्थ्यकर्मीहरुलाई समय तालिका निर्धारण गर्दै हटलाइन सेवामा खटाइएको छ । नगरका स्वास्थ्य केन्द्रहरुमार्फत सेवाग्राहीलाई सेवा प्रवाह गरिने छ ।

अहिले फिवर क्लिनिक र प्राथमिक स्वास्थ्यका सेवाहरु प्रवाह गरिएका छन् । यी सेवाका अतिरिक्त अब जुनसुकै समयमा पनि उपलव्ध सेवा लिन सक्नेगरि स्वास्थ्यकर्मीहरुको नाम र सम्पर्क नम्बरसहितको जानकारी पत्र वडा र टोल–टोलमा पठाइएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिनुभयो ।

हृदया अधिकारी, हस्त हितांग, पदमपाणी अर्याल, सन्तोष पन्थी, पुजन ज्ञवाली, डा. राजिव केसी, राजेन्द्र गिरी तथा युवराज पाण्डेय र खिमबहादुर पौडेललाई हटलाईन सेवामा खटाइएको छ । उनीहरु सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र तथा स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकीमा खटिएका छन् ।

उहाहरुको समन्वय र विवरण संकलनको काम उपमहानगरको स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहले गर्नुहुनेछ ।
उहाहरुको सम्पर्क नम्बरहरु उपमहानगरका १९ वटै वडाका सबै टोलहरुमा पु¥याइएको छ । कुनै पनि समस्या परेमा टेलिफोनमा सम्पर्क गरेपछि आवश्यक सेवा प्रवाह गर्नेगरि व्यवस्था मिलाइएको छ ।

 

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ११ : ०७ बजे

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा

फाकफोकथुम गाउँपालिकाबाट इलाम-२ को मतगणना सुरु

इलाम । इलाम-२ मा मतगणना सुरु भएको छ । मुख्य

नेपाल र इण्डियन चेम्बर अफ कमर्सबीच आर्थिक सहकार्यको समझदारी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इण्डियन चेम्बर अफ

नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य : अर्थमन्त्री पुन

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य रहेको

बझाङमा सर्वदलीय बैठकको तयारी

बझाङ । बझाङमा मतपेटिका सङ्कलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय