२० असार २०८३, शनिबार | July 4, 2026

प्रतिगमनको खतरा अहिले पनि जीवितै छ, देउवा सरकार कुनैपनि बेला अल्पमतमा पर्न सक्छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रले ५ दलिय गठबन्धनलाई आगामी चुनाव सम्म कायम राख्नु पर्ने प्रस्ताव अगाडि सारेको छ । आजबाट शुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिबेदनमा एमाले अध्यक्ष केपी ओलीविरुद्ध बनेको वर्तमान सत्तारुढ गठबन्धनलाई आउने तीनै तहका निर्वाचनसम्म कायम राख्ने प्रस्ताव गरिएको हो ।

अध्यक्ष प्रचण्डले शनिबार पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा ओलीविरुद्धको गठबन्धन लोकतान्त्रिक प्रणाली, संविधान र स्थायित्व तथा सुशासनका लागि भएकाले आउने चुनावसम्म कायम राख्न आवश्यक रहेको प्रस्तावमा उल्लेख छ ।

प्रचण्डले आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनमा माओवादीलाई नेतृत्वदायी शक्तिका रुपमा स्थापित गर्ने गरी सांगठानिक योजना समेत प्रस्ताव गरेका छन् । प्रचण्डले एमालेसँगको एकतालाई आवश्यक थानेपनि ओली सहितको एमालेसँगको एकता र गठबन्धन भने अस्विाकार गरेका छन् । प्रचण्डको प्रस्तावमा ओलीबाहेकका कम्युनिस्टहरुको एकीकरण गर्ने उल्लेख छ ।

केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले शेरबहादुर देउवाको सरकार कुनै पनि बेला अल्पमतमा पर्न सक्ने खतरा कायम रहेको बताएका छन् ।

प्रचण्डले प्रतिगमनको खतरा अहिले पनि जीवितै रहेको औंल्याउँदै वर्तमान सरकार माधव नेपालको अडानका कारणले मात्र टिकेको दाबी गरे । । परिवर्तन उल्ट्याउन खोज्ने शक्तिले यो गठबन्धनलाई भत्काएर पुरानै सरकार ल्याउन खोजिरहेको पनि प्रचण्डले बताए ।

एमालेसँगको एकता र गठबन्धन उपयुक्त भए पनि केपी ओलीको अहंकार र दम्भका कारण नेकपा विघटन भएको उनले बताए ।

यस्तो छ प्रचण्ड प्रतिबेदनको पूर्णपाठ :

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ३ : ४८ बजे

नेपाल आउने विदेशी पर्यटक बढे

काठमाडौं । नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल

कोरला सडकको निरीक्षणमा पूर्वाधारमन्त्री लम्साल, ५ पुल निर्माण गर्न निर्देशन

मुस्ताङ । राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने बेनी-जोमसोम-कोरला सडक आयोजनाको प्रगति

बाँकेमा चिकित्सकीय योग्यता र कानुनी अनुमति बिना घरभित्रै बिरामीको उपचार

नेपालगन्ज । बाँकेको ग्रामिण क्षेत्रमा अझैपनि स्वास्थ्य सम्बन्धी शैक्षिक योग्यता

कर्णाली दुर्घटना अपडेट : वेपत्ता चार यात्रुको पनि पहिचान खुल्यो

दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गबाट कर्णाली नदीमा

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार