२३ माघ २०८२, शुक्रबार | February 6, 2026

यस्तो छ कांग्रेस महाधिवेशन तालिका, वडादेखि केन्द्रसम्मकै नयाँ कार्यतालिका



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि सरेको छ । कांग्रेसले १८ भदौबाट तल्ला तहका अधिवेशन सुरु गर्नेगरी महाधिवेशनको नयाँ कार्यतालिका ल्याएको हो । नयाँ कार्यतालिका अनुसार १४ औं महाधिवेशन ९ देखि १३ मंसिरसम्म तोकिएको छ ।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबारबाट सुरु भएर शनिबार सम्पन्न भएको केन्द्रीय समिति बैठकले १६ देख १९ भदौका लागि तोकिएको महाधिवेशनलाई मंसिरमा गर्नेगरी सार्ने निर्णय गरेको कांग्रेस सहमहामन्त्री डा। प्रकाशसरण महतले जानकारी दिए ।

नयाँ कार्यतालिका अनुसार अब केन्द्रीय महाधिवेशन ९ देखि १३ मंसिरसम्म काठमाडौंमा हुने तय भएको छ । यसैगरी, कांग्रेसको सबैभन्दा तल्लो तहको संरचना मानिने वडा तहको अधिवेशन १८ भदौमा हुनेछ ।

यस्तै, वडा अधिवेशन १८ भदौ, गाउँ तथा नगर अधिवेशन २७ भदौ, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन १ असोज, संघीय निर्वाचन क्षेत्रको अधिवेशन ५ असोज, जिल्ला अधिवेशन १० असोज र प्रदेश अधिवेशन १० देखि १२ कात्तिकसम्मका लागि तोकिएको छ ।

नयाँ कार्यतालिका अनुसार २ भदौसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको छ । सोही दिन नै निर्वाचन निर्देशिकालाई अन्तिम रूप दिने कांग्रेसको नयाँ कार्यतालिकामा उल्लेख छ ।

कांग्रेसले यसअघि आन्तरिक विवादका कारण पाँचपटक महाधिवेशनको कार्यतालिका परिमार्जन गरेको थियो । यसपटक भने कांग्रेसले कोरोना संक्रमणलाई देखाउँदै महाधिवेशन सारेको हो ।

२४ फागुन २०७२ मा ४ वर्षका लागि वर्तमान कार्यसमितिको नेतृत्व गर्दै सभापतिमा देउवा निर्वाचित बनेका थिए । कांग्रेसको विधानअनुसार २४ फागुन २०७६ मा देउवा नेतृत्वको कार्यसमितिको कार्यकाल सकिएको थियो ।

यद्यपि, विधानको सुविधा प्रयोग गर्दै धारा ४३ अनुसार केन्द्रीय समितिको म्याद २४ फागुन २०७७ सम्म एक वर्ष थप गरिएको थियो । सो समय अवधि पनि सकिएपछि कांग्रेसले संविधानको सहारा लिँदै ६ महिनाको म्याद थप गरेको थियो । सो मितिसमेत आगामी २३ भदौसम्म मात्रै हो ।

पटकपटक कार्यतालिका घोषणा गर्दै सार्दै आएको कांग्रेसले पछिल्लोपटक गत ४ असारमा बसेको केन्द्रीय कार्यसमिति बैठकमार्फत पाँचौंपटक कार्यतालिका परिमार्जन गरेको थियो । जसअनुसार १२ साउनमा गाउँ-नगर वडा अधिवेशन र १६ साउनमा गाउँ-नगर अधिवेशन गर्ने कार्यतालिका थियो ।

यस्तै, प्रदेशसभा क्षेत्रीय अधिवेशन २० साउन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन २३ साउनका लागि तोकिएको थियो ।

यस्तै, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाहरूको अधिवेशन २६ साउन, प्रदेश अधिवेशन १-२ भदौ र केन्द्रीय महाधिवेशन १६ देखि १९ भदौ सम्मका लागि निर्धारण गरिएको थियो ।

यसअघि क्रियाशील सदस्यताको विवाद नमिलेपछि ९ साउनमा बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले तल्ला तहका सबै अधिवेशन स्थगित गरेको थियो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ६ : ४२ बजे

भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह

कोलम्बो । श्रीलङ्का क्रिकेटले अर्को हप्ता कोलम्बोमा भारतविरुद्ध हुने टी-२०

‘बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्छ’

बुटवल । युग अनुसार बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्ने काँग्रेस

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत ८४ लाख ४० हजार मतपत्र छपाइ

काठमाडौं । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अर्थात् प्रत्यक्ष

वीरगञ्जमा झगडा हुँदा एक जनाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगर-१३ राधेमाईस्थित कर्बोला अगाडि मोटरसाइकल पार्किङको विषयमा

राष्ट्रियसभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन)