११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई यथाशिघ्र उद्दार गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका  नागरिकलाई छिट्टै उद्धार गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई यथाशिघ्र सकुशल उद्दार गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को निर्णय सुनाउँदै भने, ‘अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपालीलाई सकुशल शीघ्र उद्धार गर्ने र त्यसका लागि नेपाल सरकारका सम्बन्धित निकायहरूले समन्वयात्मक रूपले काम गर्न निर्देशन दिने।’

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को निर्णय सुनाउँदै भने, ‘अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपालीलाई सकुशल शीघ्र उद्धार गर्ने र त्यसका लागि नेपाल सरकारका सम्बन्धित निकायहरूले समन्वयात्मक रूपले काम गर्न निर्देशन दिने।’

बैठकमा भूपू ब्रिटिस गोर्खा सैनिकहरूको आन्दोलनका विषयमा पनि छलफल भएको छ । प्रवक्ता कार्कीले भूपू गोर्खाहरुले बेलायतको लण्डनमा जारी राखेको आमरण अनसनप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको बताए । उनले यो समस्यालाई कुटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिवद्ध रहेको जनाए । मन्त्रिपरिषद् बैठकले आन्दोलन फिर्ता लिन आह्वान गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  १२ : ११ बजे

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि

बुटवलमा जेठ १५ र १६ गते दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिता हुने

बुटवल । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५

एसईईमा ‘फोर जीपीए’ ल्याउने ४७ विद्यार्थीलाई बुटवल उपमहानगरद्वारा सम्मान

बुटवल । बुटवल उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा