१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

नेपालले अफगानिस्तानलाई पठायो मानवीय सहायता सामाग्री



काठमाडौं । नेपालले अफगानिस्तानलाई मानवीय सहायता सामाग्री पठाएको छ ।

केही महिनायता ठूलो मानवीय विपत्ति भोग्दै आएको अफगानिस्तानलाई नेपालले मानवीय सहयोग गरेको हो । परराष्ट्र मन्त्रालयको समन्वयमा ती सहायता सामाग्री आइतबार बिहान अफगानिस्तान पठाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरेर परराष्ट्रमन्त्री डा नारायण खड्काले संयुक्त राष्ट्रसङ्घले उपलब्ध गराएको सूचीअनुसार औषधि, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री नेपालले मानवीय सहायतास्वरुप उपलब्ध गराएको बताए । खाद्यान्नबाहेकका ती सामग्री करिब १४ टन रहेको मन्त्री खड्काले जानकारी दिए । उनले नेपालको इतिहासमा पहिलोपटक आफ्नै प्रयासमा मानवीय सहायता सामग्री अन्य राष्ट्रलाई सहयोगस्वरुप पठाइएको बताए । यसबाट विपत्तिका बेला नेपालले मानवीय सहायता सामग्री पठाउनसक्ने सन्देश दिएको बताए ।

उनले भने, “हामी ठूला प्राकृतिक तथा दैविक विपद्मा विभिन्न राष्ट्र तथा निकायबाट सहयोग लिन्छौँ तर पनि यस कार्यले नेपाल सदैव सहयोग लिने मात्र होइन, आवश्यक परेका बेला अन्य राष्ट्रलाई सहयोग गर्न पनि पछि पर्दैन भन्ने सन्देश जानेछ । यसले नेपालको छविलाई अन्तर्राष्ट्रिय जगत्मा उच्च तुल्याउन सहयोग पुग्नेछ ।”

सरकारलाई कुनै दायित्व नपर्ने गरी सबै सामग्री व्यवसायीले निःशुल्करुपमा उपलब्ध गराएको जानकारी मन्त्री खड्काले दिए । उनले सहायता सामग्री अफगानिस्तानसम्म पु¥याउन हिमालयन एयरलाइन्सले निःशुल्क चार्टर्ड उडान सहयोग गरेको पनि बताए। दक्षिण एशियाली राष्ट्रको साझा समस्या भएको र सोही दायित्वअनुरुप आवश्यक मानवीय सहायता जहाजमार्फत पु¥याउन लागिएको मन्त्री खड्काले जानकारी दिए।

सहायता सामग्री संयुक्त राष्ट्रसङ्घ, नेपालस्थित महावााणिज्य दूत, नेपालका उद्योगी, व्यवसायी, हिमालयन एयरलाइन्स, नेपाल आयल निगमलगायतबाट प्राप्त भएको हो ।

सहसचिव लम्साल नेतृत्वको टोलीले काबुलस्थित संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिलाई मानवीय सहायता सामग्री आजै हस्तान्तरण गरेर स्वदेश फर्कने कार्यक्रम छ ।

गत अगष्टमा तालिवानले सत्ता हातमा लिएपछि अफगानिस्तानले मानवीय संकटको सामना गर्दै आएको छ । २० बर्षसम्म नियन्त्रणमा राखेको अमेरिकाले आफ्ना सैनिक रातारात फिर्ता गरेपछि तालिवानले शान्तिपूर्ण ढंगले सत्ता कब्जा गरेको थियो । तर तालिवान शासनलाई विदेशी राष्ट्रले मान्यता नदिँदा विदेशमा रहेको अफगानिस्तानको सम्पत्ति फुकुवा हुन सकेको छैन । विदेशी राष्ट्रले गर्ने सहयोग पनि रोकिएको छ । जसका कारण त्यहाँ चरम आर्थिक संकट र मानवीय संकट रहेको छ । संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले यो हिउँदमा २ करोड भन्दा बढी जनसंख्याले भोकमरीको समस्या भोग्नुपर्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ११ : ०८ बजे

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते

एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा