२३ माघ २०८२, शुक्रबार | February 6, 2026

प्रदेश २ का प्रदेश प्रमुख राजेश अहिराज पदमुक्त, हरिशंकर मिश्र नयाँ प्रदेश प्रमुखमा सिफारिस



काठमाडौं । सरकारले प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झा अहिराजलाई पदमुक्त गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रदेशप्रमुख अहिराजलाई पदमुक्त गरेको हो । उनको स्थानमा हरिशंकर मिश्रलाई नियुक्त गर्न सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ । मिश्र महोत्तरीका पुराना कांग्रेसी नेता हुन् ।

केपी ओली सरकारले तत्कालिन प्रदेश प्रमुख तिलक परियारलाई हटाएर पत्रकार अहिराजलाई ७ फागुन २०७७ मा प्रदेश प्रमुख नियुक्त गरेको थियो । प्रचण्डसँग सम्बन्ध बिग्रिएपछि तत्कालिन प्रधानमन्त्री ओलीले उनीसँग बदला लिन परियारलाई विना कसुर बर्खास्त गरेका थिए ।

शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि लुम्बिनी र गण्डकी प्रदेशका प्रदेश प्रमुख यसअघि नै परिवर्तन भैसकेका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  १ : ५० बजे

रुपन्देहीका निजी स्वास्थ्य संस्था मापदण्डविपरीत सञ्चालन, नियमनमा कमजोरी

सिद्धार्थनगर । निजीक्षेत्रबाट सञ्चालित रुपन्देहीका धेरै स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत

सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको सुरक्षा व्यवस्था चुस्त राख्न

राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेशलाई सकारात्मक मान्नुपर्छ : अध्यक्ष ओली

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह

कोलम्बो । श्रीलङ्का क्रिकेटले अर्को हप्ता कोलम्बोमा भारतविरुद्ध हुने टी-२०

‘बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्छ’

बुटवल । युग अनुसार बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्ने काँग्रेस