२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

बुटवलमा केन्पो मार्शल आर्टको प्रशिक्षण शुरु (भिडियो सहित)



बुटवल । मंगलबारदेखि केन्पो मार्शल आर्ट खेलको प्रशिक्षक प्रशिक्षण शुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको बुटवल हाट बजारमा रहेको हलमा प्रशिक्षण शुरु भएको हो ।

प्रशिक्षण कार्यक्रमको बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले उद्घाटन गर्दै खेलमार्फत विश्वमा नै देशलाई चिनाउन सकिने बताईन । उपमहानगरले एक खेल एक खेलमैदानको अवधारणासहित खेल विकासलाई अघि बढेको भन्दै पुर्वाधार विकासबाट मात्र खेलाडी सबल र सक्षम बन्न सक्ने बताईन ।

कार्यक्रममा नेपाल केन्पो खुकुरी मार्शल आर्ट संघका पुर्ण पाण्डेले प्रशिक्षक प्रशिक्षण कार्यक्रमसंगै राष्ट्रिय खेलको तयारी पनि भएको बताए । सरकारबाट खेलाडीहरुको हकहितमा सहयोग नमिलेको भन्दै खेलाडी कल्याणकारी कोष बनाएर अगाडि बढ्न लागेको उनले बताए । समस्यामा परेका खेलाडीहरुलाई कोषबाट सहयोग गरिने उनले बताए ।

प्रशिक्षणमा केन्पोका प्रशिक्षक रमेश निरौला, राजकुमार पाण्डेले केन्पो खुकुरी प्रतियोगिताबारे वृहत छलफलसाथै ब्यवहारिक प्रशिक्षण दिनेछन । एक हप्ता केन्पो खुकुरी खेलबारे सात प्रदेशबाट २ जनाका दरले प्रशिक्षक र सहायक प्रशिक्षक सहभागी भएका छन । यो करातेजस्तै विभिन्न हाउभाउसहित हात र खुट्टा चलाएर खेलिने उनले बताए । विश्वका ७२ वटा देशमा शाखा रहेको छ ।

प्रशिक्षक राजकुमार पाण्डेले फुल केन्पो, सेमि केन्पो, खुकुरी काता र सेल्फ डिफेन्स गरि चार विधामा प्रशिक्षण गराईने बताए । बिहान र दिउँसो गरि दुई समयमा राखिएको उनले बताए । बिहान ६ बजेबाट शुरु भएर दिउँसो प्राक्टिकल गरिने उनले बताए । बुटवलमा धेरै खेलहरुमध्ये यो नया विधा भित्राउन सफल भएको भन्दै उनले यसबाट थप हौसला मिलेको बताए ।

लुम्बिनी प्रदेश ईन्चार्ज कमला भण्डारी ज्ञवालीले मार्शल आर्ट एउटा उत्कृष्ट खेल भएको बताईन । आत्मरक्षा हुँदै अन्तराष्ट्रिय प्रतियोगिताका रुपमा पहिचान भएको यो खेलको विकासमा संगठनात्मक रुपमा अघि बढेको बताए ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका अधिकृत ओम न्यौपाने, संघका केन्द्रीय उपाध्यक्ष विष्णु ढकाल, केन्द्रीय सदस्य भरत गोदार, केन्द्रिय सदस्य संगम वाईवा, भरत धिताल, भरत गोधार, विजय तिमिसिना, राजेन्द्र वली, प्रदेशका सल्लाहकार लालहरि पाण्डे, प्रदेश खेलकुद परिषदका कोषध्यक्ष कृष्ण देवकोटा, कार्यकारी सदस्य उमा अधिकारी, नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचा, प्युठान जिल्ला खेलकुद विकास समितिका अध्यक्ष महेश पाण्डे, जिल्ला अध्यक्ष कृष्ण थापाले खेल विकासमा खेलाडीहरुको चासो हुनुपर्ने बताए ।
कार्यक्रममा खेलाडीहरुले राष्ट्रिय गितमा सामुहिक काता प्रस्तुत गरेका थिए ।

भिडियो हेर्नुहोस

 

 

प्रकाशित मिति : १ भदौ २०७८, मंगलबार  ५ : ४१ बजे

पर्यटकको रोजाइमा अन्नपूर्ण-धौलागिरि पदमार्ग

म्याग्दी । म्याग्दी, कास्की र पर्वत जोड्ने नयाँ वैकल्पिक पदमार्ग

व्यवसायीद्वारा कर्णाली सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण

कर्णाली । संस्कृति, सभ्यता र प्राकृतिक सम्पदामा धनी तथा प्रचुर

समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय

पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दो‍स्रो संस्करणको पहिलो क्वालिफायरमा

भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित

भैरहवा । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई