६ श्रावण २०८३, बुधबार | July 23, 2026

चीनबाट आज आठ लाख डोज भेरोसेल खोप आइपुग्दै, बिहीबार थप आठ लाख डोज आउने



काठमाडौं । चीनबाट आज आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्ने भएको छ । चीनसँग खरीद गरिएको ६० लाख डोज खोपमध्ये आज (बुधबार) र भोलि (बिहीबार) गरी १६ लाख डोज भेरोसेल खोप नेपाल आउन लागेको हो ।

त्यस्तै, भोलि पनि थप आठ लाख डोज खोप आउन लागेको स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागको व्यवस्थापन महाशाखाका बाँकी ४४ लाख डोज खोप दुई सातापछि आउने कार्यतालिका रहेको छ ।

अब नियमित खोप आउने भएकाले अभाव नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले सबै नागरिकलाई आफ्नो पालो अनुसार खोप लगाउन अनुरोध गरेको छ ।

त्यस्तै, यहि साता जापानबाट पनि खोप आउन लागेको छ । जापानले कोभ्याक्स सुविधामार्फत १६ लाख डोज दिएको थियो । त्यसमध्ये बाँकी रहेको सात लाख डोज खोप भदौ ५ र ७ गते आउने महाशाखाले जनाएको छ ।

अहिलेसम्म २४ लाख ४८ हजार कोभिशिल्ड, ५८ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १० लाख ७७ हजार तीन सय २० डोज एस्ट्राजेनेका गरी एक करोड आठ लाख ६० हजार एक सय ७० डोज खोप नेपाल आइसकेको छ ।

स्वास्थ्य मन्त्रालयको सोमबारको तथ्यांक अनुसार ३४ लाख ९० हजार ६६५ जनाले कोभिडविरुद्धको पूर्ण खोप लगाएका छन् भने ४६ हजार १६ हजार ९३६ जनाले पहिलो मात्रा लगाएका छन ।

प्रकाशित मिति : २ भदौ २०७८, बुधबार  ७ : ४५ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क