३२ असार २०८३, बिहिबार | July 17, 2026

बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिका आठ सय



नेपालगन्ज । बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिकाको सङ्ख्या ८०० रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयले गत आर्थिक वर्षमा खोपको मात्रा पूरा नगर्ने बालबालिकाको सङ्ख्या घट्दै गएको जनाएको हो ।

स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले खोपको मात्रा पूरा नगर्ने बालबालिकामा सबैभन्दा बढी मुस्लिम समुदायका रहेका जानकारी दिए । उनका अनुसार सो समुदायका ३५४ जना बालबालिकाले खोपको मात्रा पूरा गरेका छैनन् ।

वरिष्ठ जनस्वास्थ्य अधिकृत गिरीले १८९ मधेसी समुदायका, १२८ दलित समुदायका, ५७ जनजाति र बाँकी अन्य समुदायका रहेका जनाले खोपको मात्रा पूरा नगरेका जानकारी दिनुभयो । खोपको मात्रा पूरा नभएकाको सङख्या ठूलो भएकाले वैशाख महिनाभर खोजी गर्ने तयारी गरिएको उनले उल्लेख गरे ।

सोह्र महिनादेखि ५९ महिनासम्मका खोप पूरा नगरेका बालबालिकालाई लक्षित गरी खोजपड्ताल अभियान सञ्चालन गरिने उनको भनाइ छ । “नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख महिनाभर खोजेर खोप लगाउने छौँ”, जनस्वास्थ्य अधिकृत गिरीले भने । सरकारले वैशाखलाई खोप महिनाका रूपमा मनाउने गर्दछ । वैशाखलाई सचेतना प्रवर्द्धन महिनाका रूपमा समेत मनाइन्छ ।

स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले वैशाखको दोस्रो सातालाई खोप सप्ताहका रूपमा मनाउने गरिएको बताइन् । नियमित खोप लगाइँदा बालमृत्युदर घट्दो क्रममा रहेको जानकारी दिँदै उनले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत १५ महिनाभन्दा कम उमेरका बालबालिकालाई विभिन्न १३ प्रकारका खोप, गर्भवती महिलालाई खोप तथा किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ह्युमन प्यापिलोमा भइरसस (एभपिभी) खोप लगाइँदै आइएको बताइन् ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  १० : २२ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना