२९ चैत्र २०८२, आइतबार | April 12, 2026

राष्ट्रपतिलाई सरकारको ब्रिफिङ : अध्यादेशको प्रमुख उद्देश्य महन्थ ठाकुरलाई पार्टीबिहीन हुनबाट बचाउनु



काठमाडौं । नेकपा एमालेले एमाले फुटाउने मुख्य उद्देश्य राखेर अध्यादेश ल्याईएको बताउँदै सडक आन्दोलन नै शुरु गरेपनि सरकारले भने एमाले फुटाउने उद्देश्यबाट अध्यादेश नआएको दाबी गरेको छ । अध्यादेशबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई ब्रिफिङ गर्दै सरकारले अध्यादेशमा एमाले फुटाउने उद्देश्य नराखिएको स्पष्ट पारेको हो ।

राष्ट्रपति भण्डारीसँग अध्यादेशको उपादेयीताबारे स्पष्ट पार्दै कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दल विभाजन अध्यादेश एमाले फुटाउने उद्देश्यले नभई महन्थ ठाकुरलाई पार्टीबिहीन हुन नदिन ल्याईएको जानकारी दिएको छ ।

अध्यादेश प्रमाणिकरणका लागि आग्रह गर्दै मन्त्री कार्कीबाट जसपाको आधिकारिकता उपेन्द्र यादवले पाएसँगै महन्थ ठाकुर पार्टीविहीन भएकाले उनको सहजताका लागि अध्यादेश आएको ब्रिफिङ राष्ट्रपति भण्डारीलाई गरिएको राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ टीका ढकालले बताए ।

जसपामा ठाकुर पक्षका १२ सांसद छन् भने केन्द्रीय कार्यकारिणीमा १६ जना छन् । केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्याको प्रावधानले उनलाई नयाँ पार्टी बनाउन सहज हुनेछ । त्यसैगरी प्रस्तावित अध्यादेशबाट संसदीय दलमा ४० प्रतिशत संख्‍या पुर्‍याउन कठिन नेपाल पक्षलाई पनि विभाजनको लागि सहज हुनेछ

 

प्रकाशित मिति : २ भदौ २०७८, बुधबार  ९ : १२ बजे

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा । यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः

राप्रपाभित्र विवाद चर्कियो, लिङ्देन नेतृत्व भंग गर्न असन्तुष्ट पक्षको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद चर्किएको

कांग्रेस संसदीय दलको नेता वैशाख ४ मा चयन हुने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता आगामी वैशाख

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग