४ कार्तिक २०८३, बुधबार | October 21, 2026

महन्थ ठाकुरको नेतृत्वमा बन्यो ‘जसपा नेपाल लोकतान्त्रिक’, चुनाव चिन्ह – साइकल



काठमाडौं । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारीभएसँगै बुधबार एक्कै दिन दुई वटा नयाँ पार्टी जन्मिएका छन् ।

नेकपा एमाले औपचारिक रुपमा विभाजित भएर एमाले समाजवादी नामको नयाँ पार्टी बने लगत्तै जनता समाजवादी पार्टी जसपा पनि विभाजित भएको छ ।

अध्यक्ष उपेन्द्र यादव पक्षीय जसपालाई निर्वाचन आयोगले आधिकारिक मान्यता दिएपछि पार्टीबिहीन जस्तै बनेका महन्थ ठाकुर राजेन्द्र महतो पक्षले आज जसपा नेपाल लोकतान्त्रिक नामको नयाँ पार्टी दर्ता गरेका छन् ।

लागि जसपा लोकतान्त्रिकका नेताहरुले निर्वाचन आयोग पुगेर दल दर्ताको लागि निवेदन दर्ता गराएका छन् ।

सरकारले पार्टीको केन्द्रीय कमिटी वा संसदीय दलमध्ये कुनै एकमा २० प्रतिशत सदस्य संख्या पुर्याए नयाँ दल दर्ता गर्न पाउने खुकुलो प्रावधानसहित अध्यादेश ल्याएपछि ठाकुर पक्षलाई राहत मिलेको थियो ।

जसपा लोकतान्त्रिकको अध्यक्षमा महन्थ ठाकुर चयन भएका छन् । पार्टीको कार्यकारिणी समिति २५ सदस्यीय बनाउने प्रस्ताव गरिएको छ ।
यो पार्टीले नयाँ दलको चुनाव चिन्हमा साइकल प्रस्ताव माग गरेको छ ।

प्रकाशित मिति : २ भदौ २०७८, बुधबार  ४ : २४ बजे

जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

काठमाडौं । स्वदेश र विदेशमा रहेका कतिपय नेपालीले चाहेर पनि

नेवार समुदायले उल्लासमय पर्वका रूपमा मनाए मोहनी नखः

भक्तपुर । भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन्

बिक्रीमा जमरा

काठमाडौँ । बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका

राष्ट्रपति र उपराष्ट्रपतिले गरे गुरुपुरोहितबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस

बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बडादसैँले समाजलाई जोड्ने