४ कार्तिक २०८३, बुधबार | October 21, 2026

एमाले विभाजित भएकै दिन बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य नयाँ मुख्यमन्त्रीमा नियुक्त



काठमाडौं । नेकपा एमाले औपचारिकरुपमा विभाजन भएकै दिन बागमती प्रदेशमा नयाँ मुख्यमन्त्रीको नियुक्ति भएको छ । बुधबार एमाले उाध्यक्ष अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी छन् । मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिएलगत्तै एमालेकै नेतृ शाक्यलाई प्रदेश प्रमुख विष्णु प्रसाईंले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नव नियुक्त मुख्यमन्त्री शाक्यको बुधबार राति नै शपथ सपथ ग्रहण समेत भईसकेको छ ।

आजै नेकपा एमाले एमाले संसदीयदलका नेता रहेका पौडेलले संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । पौडेलको राजीनामापछि एमाले संसदीयदलले सर्वसम्ममत शाक्यलाई संसदीयदलको नेता चुनेको थियो । संसदीयदलको नेता चयन भए लगत्तै शाक्यले सरकारको नेतृत्व गर्ने अवसर पाएकी हुन् ।

नेपालपक्षकी अग्रपङ्तीकी नेतृकारुपमा चिनिँदै आएकी शाक्य मुख्यमन्त्री बनिसकेपछि नेपाल पक्षमा खुल्ने आंकलन समेत गरिएको छ ।

कुल ११० सांसद रहेको बागमतीमा बहुमतका लागि ५६ सांसद आवश्यक पर्छ । एमालेका सांसदकै बलमा शाक्यलाई बहुमत पुग्छ । बागमतीमा ओलीपक्षका ३५ र माधवपक्षका २१ सांसद छन् ।

प्रकाशित मिति : २ भदौ २०७८, बुधबार  १० : ०८ बजे

जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

काठमाडौं । स्वदेश र विदेशमा रहेका कतिपय नेपालीले चाहेर पनि

नेवार समुदायले उल्लासमय पर्वका रूपमा मनाए मोहनी नखः

भक्तपुर । भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन्

बिक्रीमा जमरा

काठमाडौँ । बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका

राष्ट्रपति र उपराष्ट्रपतिले गरे गुरुपुरोहितबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस

बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बडादसैँले समाजलाई जोड्ने