१५ चैत्र २०८२, आइतबार | March 29, 2026

अफगानिस्तानमा अझै ४ सय ३७ नेपाली उद्धारको पर्खाइमा



काठमाडौं । सशस्त्र विद्रोही समूह तालिबान लडाकुले काबुल कब्जा गरेपछि गत सोमबारदेखि अफगानिस्तानमा अलपत्र नेपाली कामदारको उद्धार थालिए पनि अझै श्रम स्वीकृति लिएर संस्थागत रूपमा गएका ४ सय ३७ जना नेपाली अफगानिस्तानमा उद्धारको पर्खाइमा छन् । नेपालबाट अफगानिस्तानमा नेपाली कामदार पठाएका दुईवटा मेनपावर कम्पनीले यस्तो जानकारी दिएको हो ।

वैदेशिक रोजगार विभागले नेपालबाट अफगानिस्तानमा नेपाली कामदार पठाउने कार्यमा संस्थागत रूपमा संलग्न दुईवटा मेनपावर कम्पनीलाई नेपालीको अवस्थाबारे जानकारी लिएर आउन निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार काठमाडौंको एफएसआई ओल्ड मेनपावर कम्पनी र युनिभर्सल कनेक्सन मेनपावर कम्पनीले सो जानकारी गराएको विभागले जनाएको छ ।

यी दुई मेनपावर कम्पनीले हालसम्म अफगानिस्तानबाट ३ सय ३० जना नेपाली कामदारको सकुशल उद्धार भइसकेको जानकारी दिए । मेनपावर कम्पनीले विभागलाई ३ सय ३० जना कामदारलाई उनीहरू कार्यरत सम्बद्ध नियोग र कार्यालयले कतारको राजधानी दोहामा ल्याइसकेको जानकारी दिएको छ ।

विभागले पनि अहिलेसम्म ४ सय ३७ जना नेपाली सम्पर्कमा आएर काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उद्धार गर्न जाने विमानको प्रतीक्षामा रहेको जानकारी सम्बन्धित मेनपावर कम्पनीले दिएको बताएको छ ।

विभागका महानिर्देशक कृष्णप्रसाद दुवाडीले दुईवटा मेनपावरबाट संस्थागत रूपमा अफगानिस्तान पुगेकाहरूको धमाधम उद्धार थालिएको बताए । विभागका अनुसार श्रम स्वीकृति लिएर अफगानिस्तान पुग्नेहरूको संख्या करिब १ हजार ५ सय जना रहेको छ ।

छिमेकी मुलुक भारतलगायत तेस्रो मुलुकबाट त्यहाँ पुग्नेहरूको संख्यासहित हाल अफगानिस्तानमा कति जना नेपाली छन् भन्ने यकिन तथ्यांक सरकारसँग छैन । त्यहाँ कार्यरत नेपाली कामदारहरूको भनाइअनुसार वैधानिक र अवैधानिक रूपमा गरी हाल अफगानिस्तानको विभिन्न ठाउँमा करिब १४ हजार नेपाली नागरिक रहेका छन् ।

काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगहरू तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूमा कार्यरत नेपालीलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन नेपाल सरकारले अमेरिका, बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापान तथा संयुक्त राष्ट्रसंघको कार्यालयलाई औपचारिक पत्राचार पनि गरेको थियो ।

मंगलबार काठमाडौं आइपुगेका सबै नेपाली कामदारलाई अमेरिकाले आफ्नो खर्चमा उद्धार उडानमार्फत स्वदेश फर्काइदिएको हो । सरकारी तथ्यांकअनुसार हालसम्म अफगानिस्तानमा करिब १ हजार ५ सय नेपाली विभिन्न देशको कूटनीतक नियोगमा कार्यरत रहेको पाइएको छ । अहिलेसम्म सम्पर्कमा आएकाहरूलाई सम्बन्धित देशकै नियोगहरूले उद्धार गरेर नेपाल पठाउन थालेका हुन् । आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ३ भदौ २०७८, बिहिबार  ६ : २० बजे

ओलीको रिहाइको माग गर्दै ओली पत्नी राधिका शाक्यले दिइन् बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी

देउवा निवास भत्काउन प्रशासनको रोक, सम्पत्ति शुद्धीकरण अनुसन्धानको तयारी

काठमाडौं। सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निजी निवास भत्काउने कार्यमा

नेपालगन्जमा जलेको अवस्थामा युवतीको शव फेला

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरमा मध्यराति एक

पूर्वगृहमन्त्री रमेश लेखकलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद

पूर्णबहादुर खड्काको सदस्यता अध्यावधिक नगर्नेबारे कांग्रेसले थाल्यो परामर्श

काठमाडौं । नेपाली कांग्रेसले नेता एवं पूर्वउपसभापति पूर्णबहादुर खड्काले ‘कार्यवाहक