१५ चैत्र २०८२, आइतबार | March 29, 2026

नयाँ दलले मान्यता पाएपछि मात्र मन्त्रिपरिषद् विस्तार



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाउन अझै कम्तीमा एक साता लाग्ने भएको छ ।

राजनीतिक दल विभाजनसम्बन्धी कानुनलाई खुकुलो बनाउँदै सरकारले अध्यादेश ल्याएपछि एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट छुट्टिएका दुई समूहले निर्वाचन आयोगबाट दलको मान्यता नपाएसम्म मन्त्रिपरिषद् विस्तार नहुने भएको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेलगत्तै प्रतिनिधिसभाका दुई ठूला दल एमाले र जसपाका असन्तुष्ट पक्ष नयाँ दल दर्ताका लागि आयोग पुगेका थिए ।

अध्यादेशअनुसार कानुनी व्यवस्था मिलाएर उनीहरूलाई नयाँ दलको मान्यता दिन कम्तीमा एक साता लाग्नेछ । आयोगबाट नयाँ दलको मान्यता प्राप्त गरेपछि मात्र प्रधानमन्त्री देउवाले उनीहरूलाई समेत समेटेर मन्त्रिपरिषद् विस्तार गर्नेछन् ।

एमाले र जसपाका असन्तुष्ट नेताले बुधबार निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएपछि बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा केही समय मन्त्रिपरिषद् विस्तार नगर्ने समझदारी भएको छ ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव, एमालेबाट छुट्टिएर गठन भएको एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी बैठकमा मन्त्रिपरिषद् विस्तारका लागि अझै केही समय कुर्ने समझदारी भएको हो । आजको नागरिक दैनिकमा बालकृष्ण अधिकारीले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ४ भदौ २०७८, शुक्रबार  ७ : ३९ बजे

ओलीको रिहाइको माग गर्दै ओली पत्नी राधिका शाक्यले दिइन् बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी

देउवा निवास भत्काउन प्रशासनको रोक, सम्पत्ति शुद्धीकरण अनुसन्धानको तयारी

काठमाडौं। सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निजी निवास भत्काउने कार्यमा

नेपालगन्जमा जलेको अवस्थामा युवतीको शव फेला

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरमा मध्यराति एक

पूर्वगृहमन्त्री रमेश लेखकलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद

पूर्णबहादुर खड्काको सदस्यता अध्यावधिक नगर्नेबारे कांग्रेसले थाल्यो परामर्श

काठमाडौं । नेपाली कांग्रेसले नेता एवं पूर्वउपसभापति पूर्णबहादुर खड्काले ‘कार्यवाहक