२८ भदौ २०८३, आइतबार | September 14, 2026

रुकुम (पूर्व) का सबै आइसोलेशन खाली



रुकुम । कोरोना सङक्रमित बिरामीका लागि बनाइएका यहाँका आइसोलेशन वार्ड अहिले खाली भएको छ । पछिल्लो समय भूमे गाउँपालिको आइसोलेशन र रुकुम (पूर्व) अस्पतालको आइसोलेशनका सङ्क्रमित डिस्चार्ज भएकाले त्यहाँका वार्ड खाली भएका हुन् । सिस्ने गाउँपालिकाले भने आइसोलेशन अस्पताललाई नै हस्तान्तरण गरेकामा त्यहा कोभिड सङ्क्रमितको हुँदै आएको छ ।

जिल्लास्थित सबै आइसोलेशनमा रहेका सङ्क्रमित निको भई डिस्चार्ज भइसकेका र नयाँ सङ्क्रमित भर्ना नभएकाले साउन ३२ गतेदेखि नै ती वार्ड खाली भएको स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति नीमप्रसाद गीरीले जानकारी दिए । पुथाउत्तरगंगा गाउँपलिकाको आइसोलेशन भने यसभन्दा अगााडि नै खाली भइसकेको थियो ।

अहिले जिल्लामा २५सक्रिय सङ्क्रमित रहेका र उनीहरु सबै होम आइसोलेसशनमा छन् । उनका अनुसार कोरोनाको दोस्रो लहर सुरु भएयता हालसम्म ५४१ मा कोरोना पोजेटिभ देखिएकामा ५१० निको भइसकेका र १३ को मृत्यु भएको थियो । पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रमित घट्दै गएको पाइएको छ ।

अस्पतालसहित जिल्लाका तीनवटै गाउँपालिका र विभिन्न स्वास्थ्यचौकीबाट कोरोनाको परीक्षण भइरहेकामा सङ्क्रमित घट्दै गएकाले परीक्षणको दायरा पनि घटाइएको छ । अहिले उक्त अस्पतालमा मात्रै दैनिक परीक्षण भइरहेको स्रोतव्यक्ति गीरीले बताए ।
———

प्रकाशित मिति : ५ भदौ २०७८, शनिबार  १२ : ०३ बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा