२० श्रावण २०८३, बुधबार | August 5, 2026

लुम्बिनी नव युवा क्लब द्धारा रक्तदान, ४७ प्वाइन्ट संकलन



भैरहवा । भैरहवास्थित सिद्धार्थनगर रक्त संचार केन्द्रमा रगतको अभाव रहेको भन्ने जानकारी प्राप्त भएपछि बिरामीहरुलाई अत्यावश्यक रगतको कमी हुन नदिन लुम्बिनी मा रहेको लुम्बिनी नव युवा क्लबले नेपाल रेडक्रस सोसाइटी लुम्बिनी उप शाखा को सहयोगमा लुम्बिनी प्राथमिक स्वास्थ्य केन्द्र लंकापुर मा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

क्लबले कोरोना संक्रमण विरुद्ध उच्च सतर्कता अपनाउँदै रक्तदान कार्यक्रम सम्पन्न गरेको हो सबै रक्तदाताहरुलाई सुरक्षाका लागि मास्क अनिवार्य गराइएको रक्तदान कार्यक्रममा ४७ जना रक्तदाताहरुले रक्तदान गरेका छन् । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी उप शाखा प्रमुख अल्ताफ खान ले यस्तो बिषम परिस्थितिमा समेत अत्यन्तै सतर्कताका साथ सामाजिक दूूरी कायम राख्दै नव युवा क्लबले रक्तदान कार्यक्रम आयोजना गरेकोमा आयोजक तथा रक्तदातालाई धन्यवाद तथा आभार प्रकट गर्नुभयो ।

रक्तदान कार्यक्रममा प्रदेश ५ का प्रदेश सभा सदस्य फकरुद्धिन खान, क्लब का पदाधिकारि, समाजसेवी, उधोगी,व्यवसायी लगायत ले रक्तदान गरेको लुम्बिनी नव युवा क्लब का अध्यक्ष अहमद हुसेन ले बताउनुभयो । कोरोना संक्रमणको महामारीबाट बच्नका लागि नेपाल सरकारले लकडाउन गरेको छ । विगत २० दिनदेखि लकडाउन जारी छ र मुुलुुकमा कोरोना संक्रमण पनि देखिएका छन् ।

यस्तो अवस्थामा रगतको अभाव देखिएको ले रगत को अभाव मा कसै ले पनि अकाल मा ज्यान गुमाउन नपरोस भनेर रक्तदान जस्तो अत्यन्तै मानविय कार्य गरेको भन्दै प्रदेश सभा सदस्य फकरुद्धिन खान ले सबै लाइ विपद का बेला मानविय कार्य मा लाग्न आग्रह गर्नुभयो ।

अत्यावश्यक काममा समेत सामाजिक दुरी कायम राख्न सरकारले गरेको आग्रह अनुसारनै औपचारीक कार्यक्रम नगरी रक्तदान सम्पन्न गरिएको क्लब का अध्यक्ष अहमद हुसेन ले बताउनुभयो । लुम्बिनी लाई आफनो कार्यक्षेत्र बनाएको क्लब ले विभिन्न सामाजिक कार्यहरु गर्दे आइरहेको छ ।

क्लबले कोरोना सक्रमण बाट बच्न लुम्बिनी सास्कृतिक नगर पालिका का विभिन्न स्थान मा ५ हजार माक्स बितरण गर्नु का साथै लकडाउन बाट समस्या मा परेका असाहाय, विपन्न परिवार लाई राहत समेत वितरण गरेको अध्यक्ष हुसेन ले बताउनुभयो ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  १ : ४४ बजे

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

काठमाडौं । गत वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभर सञ्चालन

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री

राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग अर्थमन्त्री वाग्लेको छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका

तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

भूमिगत विद्युतीय तारबाट ‘लाइन’ जोड्न थालियो

चितवन । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले