१५ चैत्र २०८२, आइतबार | March 29, 2026

प्रधानमन्त्री देउवालाई साथ दिने महन्थको वचन



काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि प्रधानमन्त्रीसँग खुसी भएका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारीलगायतका नेताहरूले सोमबार प्रधानमन्त्रीलाई भेटेर सरकारलाई आफ्नो सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

लोसपाका नेताहरू सरकारमा जान पनि इच्छुक देखिएका छन् । यद्यपि सोमबार भएको प्रधानमन्त्रीसँगको भेटमा सरकारमा जानेबारेमा ठोस छलफल नभएको लोसपाका नेताहरूले जनाएका छन् । टीकापुर घटना भएको संस्मरणमा आफूहरूले प्रधानमन्त्रीलाई भेटेको भेटमा सहभागी शरदसिंह भण्डारीले भने । ‘आजकै दिनमा टीकापुर घटना भएको थियो। सो घटनाको आरोपमा अहिले पनि रेशम जेलमा छन्,’ भण्डारीले भने, ‘सबैले रेशम चौधरी निर्दोष छन् भन्ने तर रिहाइ गर्दैनन् ।

यसैबारेमा ध्यानाकर्षण गराउन प्रधानमन्त्रीलाई भेटेका हौं ।’ चौधरीको रिहाइको विषयमा प्रधानमन्त्रीले सकारात्मक जवाफ दिएको भेटमा सहभागी अर्का नेता उमाशंकर अरगरैयाले भने। ‘यो विषय अहिले अदालतको प्रक्रियामा छ । अदालतको निर्णय हेरौं । त्यसपछि के पर्छ वा मन्त्रिपरिषद्बाट माफी दिने हो कि यसबारेमा छलफल गरौंला भनी प्रधानमन्त्रीज्यूले भन्नुभयो,’ अरगरैयाले भने ।

भेटमा लोसपाले उठाएका माग र मुद्दाबारेमा पनि छलफल भएको सहभागी नेताहरूले जनाएका छन् । जवाफमा प्रधानमन्त्रीले उठाएका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको लोसपाका नेताहरूले जनाएका छन् । अरगरैयाले भने, ‘प्रधानमन्त्रीज्यूलाई हाम्रो अध्यक्षज्यूले तपाईं हाम्रा माग मुद्दा सम्बोधन गर्नुहोस् । तपाईंलाई हाम्रो तर्फबाट साथ सहयोग हुन्छ भनी प्रष्टसँग भन्नुभएको छ ।’ प्रधानमन्त्रीलाई भेट्न सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण पनि बालुवाटार पुगेका थिए । आजको नागरिक दैनिकमा भुवन शर्माले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ८ भदौ २०७८, मंगलबार  ७ : २४ बजे

नागरिकको सुरक्षा हुनेगरी मनसुनको पूर्वतयारी गर्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आमनागरिकको सुरक्षा हुनेगरी मनसुन पूर्वतयारी

ओली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप

रविको अभियोगपत्र फिर्ता विरुद्धको रिट सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा सोमबार सर्वोच्चमा सुनुवाइ

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई