२८ चैत्र २०८२, शनिबार | April 11, 2026

एमाले एकताको प्रयास बेइमानी र धोखाधडीको निरन्तरता : माधव कुमार नेपाल



काठमाडौं । नेकपा (एकिकृत समाजवादी)का संयोजक माधव कुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अगाडि सारेका वार्ता र सहमतीको प्रयासलाई बेइमानी र धोखाधडीको निरन्तरता भएको बताएका छन् । सामाजिक सञ्जालमा संयोजक नेपालले दक्षिणपन्थी विसर्जनवाद, विकृती, अन्याय र विसंगतिका विरूद्ध विद्रोह गर्दै कम्युनिष्ट आन्दोलन र सॅस्कृतिको रक्षा गर्न जयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढेको बताएका छन् ।

नेपालले मुलुकको समृद्धि एवम् जनतालाई खुसी प्रदान गर्ने लक्ष्य सहित नयॅा कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमती’ का भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएको उल्लेख गरेका छन् । अतः यस प्रकारका छलकपटपूर्ण समाचारबाट भ्रममा नपरी हाम्रो पार्टी एवम् नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति, न्यायप्रेमी एवम् क्रान्तिकारी जनसमुदायमा हार्दिक अपिल गर्दछु । उनले लेखेका छन् ।

नेपालको संयोजकत्वमा निर्वाचन आयोगमा प्रस्ताव गरिएको नेकपा (समाजवादी)को आज चन्द्रागिरी रिसोर्टमा केन्द्रीय कमिटीको बैठक बस्दैछ । बैठकले विधान पारित गर्नुका साथै नेताहरुको जिम्मेवारी बाँडफाँट गर्ने बताईएको छ ।

प्रकाशित मिति : ८ भदौ २०७८, मंगलबार  ८ : ४१ बजे

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र