१६ बैशाख २०८१, आइतबार | April 28, 2024

एमाले एकताको प्रयास बेइमानी र धोखाधडीको निरन्तरता : माधव कुमार नेपाल



काठमाडौं । नेकपा (एकिकृत समाजवादी)का संयोजक माधव कुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अगाडि सारेका वार्ता र सहमतीको प्रयासलाई बेइमानी र धोखाधडीको निरन्तरता भएको बताएका छन् । सामाजिक सञ्जालमा संयोजक नेपालले दक्षिणपन्थी विसर्जनवाद, विकृती, अन्याय र विसंगतिका विरूद्ध विद्रोह गर्दै कम्युनिष्ट आन्दोलन र सॅस्कृतिको रक्षा गर्न जयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढेको बताएका छन् ।

नेपालले मुलुकको समृद्धि एवम् जनतालाई खुसी प्रदान गर्ने लक्ष्य सहित नयॅा कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमती’ का भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएको उल्लेख गरेका छन् । अतः यस प्रकारका छलकपटपूर्ण समाचारबाट भ्रममा नपरी हाम्रो पार्टी एवम् नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति, न्यायप्रेमी एवम् क्रान्तिकारी जनसमुदायमा हार्दिक अपिल गर्दछु । उनले लेखेका छन् ।

नेपालको संयोजकत्वमा निर्वाचन आयोगमा प्रस्ताव गरिएको नेकपा (समाजवादी)को आज चन्द्रागिरी रिसोर्टमा केन्द्रीय कमिटीको बैठक बस्दैछ । बैठकले विधान पारित गर्नुका साथै नेताहरुको जिम्मेवारी बाँडफाँट गर्ने बताईएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ८ : ४१ बजे

वेस्ट इन्डिज ए द्वारा नेपाललाई १६१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं। वेस्ट इन्डिज एले नेपाललाई १६१ रनको लक्ष दिएको छ

नेपाललाई पाँचौं सफलता, सोमपालले लिए विकेट

काठमाडौं। वेस्ट इन्डिज ए विरुद्ध नेपालले पाँचौं सफलता हासिल गरेको

काठमाडौं महानगरका अस्पतालमा देशैभरका विपन्न र असहाय बिरामीले नि:शुल्क उपचार पाउने

नेपालगन्ज । काठमाडौं महानगरले देशैभरका अशक्त र गरिब बिरामीलाई नि:शुल्क

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौँ, १६ वैशाख स् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका

वेस्ट इन्डिज ए ले टस जित्यो, नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको