२० बैशाख २०८१, बिहिबार | May 2, 2024

युवाहरु समेट्दै नेकपा (एकिकृत समाजवादी), ४० वर्ष मुनिका युवा केन्द्रीत कमिटी बनाउने विधान पारित



काठमाडौं । नेकपा एमालेबाट विभाजन भएर बन्दै गरेको नेकपा (एकिकृत समाजवादी)लाई युवाहरुको पार्टी बनाईने भएको छ । एमालेमा वरिष्ठ नेता रहेका माधव नेपाल नेतृत्वको नव प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रस्ताव गरेको बिधानमा हरेक कमिटीमा ४० वर्ष मुनिका युवाहरुलाई संगठित गर्ने व्यवस्था गरिएसँगै सो पार्टी युवाहरुको पार्टी बन्ने भएको हो । आज बसेको नेकपा(एस) को केन्द्रीय कमिटीमा पेश गरिएको विधानमा हरेक कमिटीमा महत्वपूर्ण संख्या र जिम्मेवारीमा युवालाई राख्नै पर्ने व्यवस्था गरिएको एक नेताले बताए ।

बिधानमा पार्टीका सदस्यहरूले सामाजिक–आर्थिक तथा सांस्कृतिक रुपान्तरणका लागि उत्पादन सङ्घर्ष र वर्ग सङ्घर्षमा सामेल हुँदै विचार, सङ्गठन र सङ्घर्षका क्षेत्रमा अग्रणी भूमिका खेल्ने उल्लेख गरिएको छ ।

बैठकमा पेश गरिएको विधान अनुसार १५१ जना कृन्द्रीय कमिटी रहेने पार्टीमा १७ जना केन्द्रीय पदाधिकारी रहने व्यवस्था गरिएको छ । पार्टीको विधानमा केन्द्रीय कमिटी अध्यक्ष १, वरिष्ठ नेता १, उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव २, सचिव ७ गरी जम्मा १७ जना पदाधिकारीसहित ११५ पूर्ण र ३६ वैकल्पिक गरी जम्मा १५१ सदस्यीय हुने व्यवस्था गरिएको छ ।

केन्द्रीय कमिटी दुई महाधिवेशनबीच पार्टीको सर्वोच्च कार्यकारी संस्था हुने तथा केन्द्रीय कमिटीको कूल सदस्य सङ्ख्याको कम्तिमा एक तिहाइ अर्थात् ३३ प्रतिशत सदस्य महिला अनिवार्य हुने विधानमा लेखिएको छ ।

प्रस्तावित विधानमा केन्द्रीय कमिटीभित्र केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्यसहित ५१ सदस्यीय पोलिटब्यूरो र पदाधिकारीसहित २१ सदस्यीय स्थायी कमिटी रहने व्यवस्था गरिएको छ ।

पार्टीले निर्धारण गरेअनुसार नेकपा एकीकृत समाजवादीको साधरण सदस्य बन्न १० रुपैयाँ र संगठित सदस्य बन्नका निम्ती २० रुपैयाँ तिर्नुपर्नेछ ।

राष्ट्रिय महाधिवेशन, राष्ट्रिय परिषद्, केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चको लगायतका संरचनाहरु बनाएर संगठित सदस्यहरुलाई जिम्मेवारी दिने व्यवस्था विधानमा राखिएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ३ : ५६ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक