२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

कारोना संक्रमणका कारण चाडका पूर्वराष्ट्रपति हाब्रेको सेनेगलमा निधन



एजेन्सी । युद्ध अपराध र मानवताविरुद्धको अपराधका लागि सेनेगलमा आजिवन जेल सजाय भोग्दै आएका चाडका पूर्वराष्ट्रपति हिसेन हाब्रेको ७९ वर्षको उमेरमा निधन भएको सेनेगलका न्यायमन्त्री मलिक सालले मङ्गलबार बताएका छन् ।

“हाब्रे भगवान्को साथमा लीन भए,” सालले टेलिभिजन च्यानल टीएफएमसँग भने । सेनेगलस्थित चाडको महावाणिज्य दूतावासले उनको कोभिड-१९ को कारण मृत्यु भएको बताएको छ ।

सन् १९८२ देखि १९९० सम्म चाडमा शासन गरेका हाब्रेलाई सन् २०१६ मा सेनेगलको राजधानी डकारमा अफ्रिकी संघ समर्थित मुद्दामा युद्ध अपराध र मानवता विरुद्ध अपराधको अभियोग लगाइएको थियो ।

उनले सन् १९८२ मा चाडमा सत्ता कब्जा गरी करिब आठ बर्ष चाडको राष्ट्रपति बनेका हाब्रे सन् १९९० मा सत्ताच्यूत भएपछि सेनेगलतर्फ भागेका थिए ।

विरोधीहरूलाई क्रुर यातना र मृत्युदण्डलगायत दमनकारी नीति लिएको भन्दै हाब्रेको शासनकाल चाडका जनताको भलाइमा नभएको निश्कर्ष उनका विरोधिहरूले बताउने गरेका छन् । मरुभूमी क्षेत्रमा रहेको मुलुक चाडमा हाब्रेको कार्यकालमा करिब ४० हजार जनाको मृत्यु भएको अनुमान गरिएको छ ।

‘अफ्रिकाको पिनोशे’ भनेर चिनिने भूतपूर्व तानाशाह सन् २०१३ मा गिरफ्तार गरिनुपूर्व डाकार निर्वासनमा आफ्नी पत्नी र छोराछोरीसित बजारको उपनगरमा शान्त जीवन बिताउँदै आएका थिए ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ७ : ३६ बजे

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा