१५ चैत्र २०८२, आइतबार | March 30, 2026

नेपाल र ठाकुरको नयाँ दल दर्ताको सनाखत आज, दिउँसो २ बजेभित्र आयोग पुग्नुपर्ने



काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजनपश्चात् निर्वाचन आयोगमा दर्ता भएका नयाँ दलको सनाखत आज हुने भएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वमा प्रस्तावित नयाँ दल नेकपा (एकीकृत समाजवादी) तथा महन्थ ठाकुरको नेतृत्वमा दर्ता भएको समाजवादी लोकतान्त्रिक पार्टीको सनाखतका लागि निर्वाचन आयोगले बोलाएको हो ।

आयोगले दुवै दललाई सनाखतका लागि दुई घण्टा समय तोकेको छ । सनाखतका लागि बिहान ११ः०० देखि दिउँसो २ः०० बजेसम्म सनाखतका लागि बोलाएको छ ।

आयोगले नयाँ दल दर्ताको प्रक्रियामा आवश्यक पर्ने कानुनी व्यवस्थाअनुसार दुवै दलकातर्फबाट दल दर्ताका लागि निवेदन दिंदा पक्षमा रहेर हस्ताक्षरसहित नाम बुझाएका केन्द्रीय सदस्य र सांसदलाई मात्र सनाखतका लागि उपस्थित हुन भनेको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले केन्द्रीय सदस्यहरुलाई नागरिकता वा मतदाता परिचयपत्र र सांसदलाई संसद् सचिवालयले जारी गरेको परिचयपत्रसहित आयोगमा सनाखतका लागि बोलाएको जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले संसदीय दल र केन्द्रीय समितिमा २० प्रतिशतको समर्थनमा दल विभाजन हुनसक्ने अध्यादेश जारी गरेसँगै यी दुवै दलले औपचारिकरुपमा विभाजित भई नयाँ दल दर्ताका लागि आवेदन दिएका थिए ।

प्रकाशित मिति : ९ भदौ २०७८, बुधबार  ७ : ५८ बजे

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन

काँग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता

बुटवलमा भोलीबाट आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता : देशभरबाट खेलाडी आऊन सुरु

बुटवल । रुपन्देही लन टेनिस संघको आयोजनामा आईतवार (चैत्र १६)

रुपन्देहीमा एक करोडको अवैध सामान बरामद

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जाँच गर्ने क्रममा