३ पुस २०८२, बिहिबार | December 18, 2025

नेकपा एमाले कानुनीरुपमा विभाजित, नेकपा (एकिकृत समाजवादी)ले पायो प्रमाणपत्र



काठमाडौं । नेकपा एमाले विभाजन गरेर बनेको माधव नेपालको नेतृत्वको नवगठित नेकपा (एकीकृत समाजवादी) ले नयाँ दलको मान्यता पाएको छ । निर्वाचन आयोगले प्रस्तावित पार्टीका केन्द्रीय कमिटीका सदस्यहरुको हस्ताक्षर सनाखत गरे लगत्तै सो पार्टीलाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आयोगको आजको बैठकले माधव नेपालको अध्यक्षतामा रहेको नेकपा (एकीकृत समाजवादी)लाई दलको मान्यता प्रदान गर्दै प्रमाणपत्र दिएको हो ।

नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डेलाई आयोगका सचिव सुरेश अधिकारीले दल दर्ताको प्रमाणपत्र प्रदान गरेका थिए । नेकपा (एमाले)बाट अलग राजनीतिक दलका लागि ५६ केन्द्रीय सदस्य र ३० सांसदले आयोगमा सशरीर उपस्थित भएर नयाँ दलका पक्षमा सनाखत गरेका थिए।

आयोगले राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा दलका केन्द्रीय सदस्य र सांसदलाई आवश्यक कागजातसहित बिहान ११ः३० देखि दिउँसो २ बजेसम्म सनाखतका लागि बोलाएको थियो ।

दल दर्ताका लागि निवेदन दिँदाका बेला ५८ जनाको नाम पेस गरेको भएपनि सनाखतमा भने २ जना नेता उपस्थित हुन नसकेको नेकपा (एकिकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए ।

दल दर्ता हुनासाथ विगतमा समानान्तर कमिटी भनेर बनाइएका कमिटीलाई ब्युँताएर वडा तहसम्म संरचना विस्तार गर्ने नेता पाण्डेले बताए । अध्यादेशमा भएको व्यवस्था अनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र इच्छुक पार्टीमा सामेल हुन पाउने छन् । देशभरका ठुलो संख्यामा जनप्रतिनिधिहरु सो पार्टीमा सामेल हुने पार्टीका नेताहरुले दाबी गरेका छन् ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले नेतृत्वको उक्त दलसँगै आयोगमा महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य र सांसदले आजै आयोगमा पुगेर दल दर्ताको मान्यता प्राप्तिका लागि सनाखत गरेका थिए ।

प्रकाशित मिति : ९ भदौ २०७८, बुधबार  १० : ५५ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका