२३ बैशाख २०८१, आइतबार | May 5, 2024

उपत्यकाका बिभिन्न स्थानबाट हराएका २४ थान मोटरसाइकल फेला, सवारी धनीलाई हस्तान्तरण



काठमाण्डौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २४ मोटरसाइकलहरू फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । हस्तान्तरण गरिएका २४ मध्ये २० वटा मोटरसाईकल र ४ वटा स्कुटर रहेका छन ।

महाशाखाले उपत्यकाका पशुपति, नागर्जुन नगरपालिका, पुतलिसडक, ठमेल, बालाजु, कपन, थली, सानेपा, महाराजगंज, एकान्तकुना, राधेराधे, सामाखुसी, चावहिल, बानेश्वटर, टोखा, पाटन अस्पताल, शेषमती, गोल्ढुङ्गा, सेतोपुल, बिजुलीबजार, भृकुटीमण्डप र बुढानिलकण्ठलगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनीलाई यस महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जिम्मा लगाउनु भएको हो ।

भेटिएका मोटरसाईल हस्तान्तरण कार्यक्रममा बोल्दै महानगरिय ट्राफिक प्रहरी प्रमुख एसएसपी भट्टराईले बिशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहिका लागी विभिन्न प्रहरी बृत्तहरुमा पठाएको र अन्य मोटरसाइकलहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेको जानकारी दिए । उनले सवारी साधन चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्ने अभियान निरन्तर जारी रहेको समेत बताए ।

पिडितहरुले हराएका मोटरसाइकलहरू खोजि गरिदिनका लागि महाशाखाको पीडित सहायता ईकाईमा निवेदन दिए लगत्तै कार्यालयबाट खटिएको ट्राफिक प्रहरी टोलीले मोटरसाइकलको खोजतलास गरेको हो ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  २ : १५ बजे

प्रधानमन्त्री प्रचण्ड र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग  जापानी विदेशमन्त्री खामिखावा योकोबीच

जनता समाजवादी पार्टी फुट्यो

काठमाडौं। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन

काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

सेयर बजारमा २४.५८ अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा दोहोरो अंकको