२९ मंसिर २०८२, सोमबार | December 15, 2025

रुपन्देही एमालेको समानान्तर कमिटी नेकपा एकिकृत समाजवादीमा रुपान्तरित, राजु गुरुङ अध्यक्ष



बुटवल । रुपन्देहीमा एमालेको समानान्तर कमिटी संचालन गर्दै आएको नेपाल पक्षको रुपन्देही जिल्ला कमिटीले आज सर्वसम्मतरुपमा माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) मा रुपान्तरित हुने निर्णय गरेको छ । आज रुपन्देहीको बुटवलमा सम्पन्न समानान्तर कमिटीको बैठकले सिङ्गो कमिटी नेकपा (एकिकृत समाजवादी)मा रुपान्तरित हुने निर्णय गरेको हो ।

समानान्तर कमिटीका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा बसेको बैठकमा सहभागी सदस्यहरुले केपी ओली नेतृत्वको एमालेले देश, जनता र कम्युनिष्टठ आन्दोलनलाई धोका दिएका कारण एमालेबाट बिद्रोहको विकल्प नरहेको निष्कर्ष निकालेका छन् । सहभागी सदस्यहरुले कम्युनिष्ट आन्दोलनको रक्षा गर्न र राष्ट्रियता जोगाउन सर्वसम्मतरुपमा एकिकृत समाजवादी पार्टीमा रुपान्तरित हुने बैठकले निर्णय गरेको साविक एमाले रुपन्देही जिल्ला कमिटीका उपसचिव सिद्दीचरण भट्टराईले जानकारी दिए ।

बैठकमा साविक एमाले उपाध्यक्ष पुरुषोत्तम घिमिरे, सिद्धार्थनगर नगरपालीकाकी उप मेयर उमा काफ्ले लगायतले क्रान्तिकारी रुपान्तरणका लागि एकिकृत समाजवादीमा समाहित हुनुको विकल्प नभएको बताएका थिए । सिद्धार्थ नगरपालिकाका नगर प्रमुख हरि अधिकार र तिलोत्तमा नगरपालिकाकी उपमेयर जागेश्वरी चौधरीले कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेपनि आफुहरुको समर्थन नेकपा (एकिकत समाजवादी)मा रहेको सन्देश उपलब्ध भएको उपसचिव भट्टराईले दाबी गरे । एमाले पार्टी विभाजनमा रुपन्देहीका अधिकांस वडा अध्यक्षहरु एकिकृत समाजवादीमा आउने तयार रहेको उप सचिव भट्टराईले बताए ।

प्रकाशित मिति : ११ भदौ २०७८, शुक्रबार  १० : ५३ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले