२० असार २०८३, शनिबार | July 4, 2026

रुपन्देही एमालेको समानान्तर कमिटी नेकपा एकिकृत समाजवादीमा रुपान्तरित, राजु गुरुङ अध्यक्ष



बुटवल । रुपन्देहीमा एमालेको समानान्तर कमिटी संचालन गर्दै आएको नेपाल पक्षको रुपन्देही जिल्ला कमिटीले आज सर्वसम्मतरुपमा माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) मा रुपान्तरित हुने निर्णय गरेको छ । आज रुपन्देहीको बुटवलमा सम्पन्न समानान्तर कमिटीको बैठकले सिङ्गो कमिटी नेकपा (एकिकृत समाजवादी)मा रुपान्तरित हुने निर्णय गरेको हो ।

समानान्तर कमिटीका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा बसेको बैठकमा सहभागी सदस्यहरुले केपी ओली नेतृत्वको एमालेले देश, जनता र कम्युनिष्टठ आन्दोलनलाई धोका दिएका कारण एमालेबाट बिद्रोहको विकल्प नरहेको निष्कर्ष निकालेका छन् । सहभागी सदस्यहरुले कम्युनिष्ट आन्दोलनको रक्षा गर्न र राष्ट्रियता जोगाउन सर्वसम्मतरुपमा एकिकृत समाजवादी पार्टीमा रुपान्तरित हुने बैठकले निर्णय गरेको साविक एमाले रुपन्देही जिल्ला कमिटीका उपसचिव सिद्दीचरण भट्टराईले जानकारी दिए ।

बैठकमा साविक एमाले उपाध्यक्ष पुरुषोत्तम घिमिरे, सिद्धार्थनगर नगरपालीकाकी उप मेयर उमा काफ्ले लगायतले क्रान्तिकारी रुपान्तरणका लागि एकिकृत समाजवादीमा समाहित हुनुको विकल्प नभएको बताएका थिए । सिद्धार्थ नगरपालिकाका नगर प्रमुख हरि अधिकार र तिलोत्तमा नगरपालिकाकी उपमेयर जागेश्वरी चौधरीले कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेपनि आफुहरुको समर्थन नेकपा (एकिकत समाजवादी)मा रहेको सन्देश उपलब्ध भएको उपसचिव भट्टराईले दाबी गरे । एमाले पार्टी विभाजनमा रुपन्देहीका अधिकांस वडा अध्यक्षहरु एकिकृत समाजवादीमा आउने तयार रहेको उप सचिव भट्टराईले बताए ।

प्रकाशित मिति : ११ भदौ २०७८, शुक्रबार  १० : ५३ बजे

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी

यस्तो छ सरकारको सय दिने उपलब्धि (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा झण्डै दुई

सरकारका सय दिनका उपलब्धि सार्वजनिक : मन्त्रालय घटाउँदा २० अर्ब बचत

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने

कांग्रेसको निस्कर्ष – १०० दिनमा सरकार असफल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको

सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : मन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार