३१ श्रावण २०८३, आइतबार | August 16, 2026

राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक वाट्मोरले दिए राजीनामा



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेव वाटमोरले राजीनामा दिएका छन ।

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्रिकोणात्मक सिरिजका लागि ओमानमा रहेका मुख्य प्रशिक्षक वाट्मोरले शुक्रबार क्यानलाई इमेल पठाउँदै राजीनामा दिएका हुन ।

प्रशिक्षक वाट्मोरले राजीनामा दिए पनि स्वीकृत नभएको क्यान अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । वाट्मोरले पारिवारिक कारण देखाउँदै ओमान भ्रमणपछि नेपाली टिम छोड्न चाहेको अध्यक्ष चन्दले बताए ।

‘उहाँले ओमान भ्रमणपछि टिम छाड्छु भन्नु भएको छ । तर, राजीनामा स्वीकृत भइसकेको छैन । यस विषयमा उहाँसँग पनि छलफल गर्छौं र निर्णयमा पुग्छौं,’ अध्यक्ष चन्दले भने ।

कोभिड महामारीको समयमा परिवारसँग समय बिताउन वाट्मोरले राजीनामा दिएको बताएका छन । उनको परिवार श्रीलंकामा छ । वाट्मोरले ओमान भ्रमणपछि उतैबाट श्रीलंका जान चाहेको अध्यक्ष चन्दले बताए ।

श्रीलंकालाई विश्वकप उपाधि दिलाएका प्रशिक्षक वाट्मोर ८ महिनाअघि मात्र खुलाप्रतिस्पर्धाबाट नेपाली टिमको मुख्य प्रशिक्षक बनेका थिए । उनको कार्यकाल अझै चार महिना बाँकी छ ।

प्रकाशित मिति : १२ भदौ २०७८, शनिबार  ७ : १७ बजे

यो पार्टी पुनर्गठनको समय होइन, यो त जनतामा पुनर्जागरण गराउने बेला हो : ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यतिखेर पार्टी

आफै ग्यास बेच्ने निर्णयबाट पछि हट्यो निगम, सोमबारदेखि बिक्रेताबाट ग्यास बिक्री गरिने

काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि सम्बन्धित

दोरम्बा हत्याकाण्डका सहिदको सपना अझै अधुुरो : नारायणकाजी श्रेष्ठ

रामेछाप । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले दोरम्बा

भाइरल ज्वरोपछि पूर्वाधारमन्त्री लम्साललाई सेनाको स्काई ट्रकबाट काठमाडौं ल्याइयो

काठमाडौं । सुदूरपश्चिमको पूर्वाधार अवस्थाको निरीक्षण तथा जनताका समस्या बुझ्न

बागलुङमा विपद् : आठ घरमा क्षति, ४० उच्च जोखिममा

बागलुङ । बागलुङ जिल्लाको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपद्का कारण