५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी-२० मान्यता



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट लिस्ट ‘ए’ टी-२० क्रिकेटको आधिकारिक मान्यता पाएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताका सम्पूर्ण खेलले आईसीसीको आधिकारिक मान्यता पाएको जानकारी दिएको हो ।

यसअघि आईसीसीले एनपीएलको तेस्रो संस्करणलाई औपचारिक मान्यता दिएको थियो । अब प्रतियोगिताका सबै खेल आधिकारिक टी-२० क्रिकेटको अभिलेखमा समावेश हुनेछन् । यससँगै प्रतियोगितामा खेलाडीले गर्ने व्यक्तिगत प्रदर्शन र बनाउने कीर्तिमानले पनि आधिकारिक मान्यता पाउनेछन् ।

आईसीसीको मान्यताले नेपाली घरेलु क्रिकेटको व्यावसायिक विकासमा योगदान पुग्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा नेपाली क्रिकेटको पहिचान थप बलियो हुने क्यानले विश्वास व्यक्त गरेको छ ।

एनपीएलको तेस्रो संस्करण अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : ५ कार्तिक २०८३, बिहिबार  ६ : ४४ बजे

दशैँ टीकाको दोस्रो दिन, आज पनि मान्यजनबाट टीका-जमरा ग्रहण गरिँदै

बुटवल । बडादसैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी । शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपमा नेपाल समूह ‘ए’ मा

काठमाडौं । नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु-१९

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी-२० मान्यता

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौँ । आज विजयादशमी । निधारमा रातो टीका र शिरमा