२९ मंसिर २०८२, सोमबार | December 15, 2025

एमालेमा बस्ने कि एस पार्टीमा, जसपामा बस्ने कि लोसपामा ? भदौ २२ सम्म दल रोज्न पाइने !



काठमाडौं । निर्वाचन आयोगले हालै मात्र विभाजित नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित जनप्रतिनिधिहरुलाई भदौ २२ गतेसम्म दल रोज्न पाउने समय दिएको छ ।

आयोगले एमाले र जसपाका प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ गतेसम्म समय दिएको हो ।

आयोगले एमाले फुटेर नेकपा एकीकृत समाजवादी र जसपा फुटेर बनेको लोकतान्त्रिक समाजवादीमा प्रवेश गर्न चाहने जनप्रतिनिधिहरुलाई दल विभाजनसम्बन्धी अध्यादेशको प्रावधान अनुसार दल रोज्न पाउने सुविधा दिएको हो । अध्यादेशमा २१ दिनभित्र दल रोज्न दिने व्यवस्था गरिएको छ ।

आयोगले अध्यादेशअनुसार यही भदौ ९ गते दुवै दललाई मान्यता दिइसकेको छ । अब, नयाँ दलमा प्रवेश गर्न चाहने जनप्रतिनिधिहरुले भदौ १५ गतेदेखि २२ गतेसम्म सम्बन्धिन प्रदेश र जिल्लास्थित निर्वाचन कार्यालयमा गएर आफुले रोजेको दलमा बस्न पाउने जानकारी गराउन पाउने आयोगले जनाएको छ ।
उनीहरुले आफ्नो सक्कल नागरिकता वा मतदाता परिचयपत्रसहित सम्बन्धित निर्वाचन कार्यालयमा पुगेर दल रोजेको सनाखत गर्नुपर्नेछ । यसैगरी प्रदेशसभा र स्थानीय तहबाट जारी भएको परिचयपत्र वा प्रमाणपत्र पनि सँगै लैजानुपर्नेछ ।

प्रकाशित मिति : १३ भदौ २०७८, आइतबार  ३ : ४६ बजे

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ

निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी