२० असार २०८३, शनिबार | July 4, 2026

एमालेमा बस्ने कि एस पार्टीमा, जसपामा बस्ने कि लोसपामा ? भदौ २२ सम्म दल रोज्न पाइने !



काठमाडौं । निर्वाचन आयोगले हालै मात्र विभाजित नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित जनप्रतिनिधिहरुलाई भदौ २२ गतेसम्म दल रोज्न पाउने समय दिएको छ ।

आयोगले एमाले र जसपाका प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ गतेसम्म समय दिएको हो ।

आयोगले एमाले फुटेर नेकपा एकीकृत समाजवादी र जसपा फुटेर बनेको लोकतान्त्रिक समाजवादीमा प्रवेश गर्न चाहने जनप्रतिनिधिहरुलाई दल विभाजनसम्बन्धी अध्यादेशको प्रावधान अनुसार दल रोज्न पाउने सुविधा दिएको हो । अध्यादेशमा २१ दिनभित्र दल रोज्न दिने व्यवस्था गरिएको छ ।

आयोगले अध्यादेशअनुसार यही भदौ ९ गते दुवै दललाई मान्यता दिइसकेको छ । अब, नयाँ दलमा प्रवेश गर्न चाहने जनप्रतिनिधिहरुले भदौ १५ गतेदेखि २२ गतेसम्म सम्बन्धिन प्रदेश र जिल्लास्थित निर्वाचन कार्यालयमा गएर आफुले रोजेको दलमा बस्न पाउने जानकारी गराउन पाउने आयोगले जनाएको छ ।
उनीहरुले आफ्नो सक्कल नागरिकता वा मतदाता परिचयपत्रसहित सम्बन्धित निर्वाचन कार्यालयमा पुगेर दल रोजेको सनाखत गर्नुपर्नेछ । यसैगरी प्रदेशसभा र स्थानीय तहबाट जारी भएको परिचयपत्र वा प्रमाणपत्र पनि सँगै लैजानुपर्नेछ ।

प्रकाशित मिति : १३ भदौ २०७८, आइतबार  ३ : ४६ बजे

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी

यस्तो छ सरकारको सय दिने उपलब्धि (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा झण्डै दुई

सरकारका सय दिनका उपलब्धि सार्वजनिक : मन्त्रालय घटाउँदा २० अर्ब बचत

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने