६ पुस २०८२, आइतबार | December 21, 2025

दल विभाजनमा सहभागी नबन्न एमालेद्वारा जनप्रतिनिधिहरुलाई निर्देशन (अपानीसहित)



काठमाडौं । नेकपा एमालेले दल विभाजनमा सहभागी नहुन प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुलार्य निर्देशन दिएको छ ।

एमालेले अन्तरपाटी निर्देशिका अपानी जारी गर्दै प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई पार्टी केन्द्रको निर्णय कार्यान्वयन गर्दै दल विभाजनमा सहभागी नबन्न निर्देशन दिएको हो ।

भदौ ८ गते बसेको स्थायी कमिटी र १० गते बसेको केन्द्रीय कमिटी बैठकपछि आइतबार जारी गरिएको अपानीमा निर्वाचन आयोगको सूचनाबाट प्रभावित नहुन निर्देशन दिइएको हो । आयोगले दल रोज्न चाहने प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई भदौ १५ गतेदेखि २२ गतेसम्मको समय दिएको छ ।

अपानीमा भनिएको छ, २१ दिनसम्म प्रदेशसभा सदस्यहरू तथा स्थानीय तहका जनप्रतिनिधिहरूले दल छनोट गर्न पाइने भनी जारी गरिएको सूचनाबाट प्रभावित नहुन, पार्टीमा विभाजन र विखराव ल्याउने प्रयासका विरुद्ध दृढतापूर्वक उभिन र पार्टीको पक्षमा सक्रिय भूमिका निर्वाह गर्न हाम्रो पार्टीको तर्फबाट निर्वाचित सबै प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिधिहरूलाई बैठकले निर्देशित गरेको छ ।’

अपानीमा थप भनिएको छ, ‘अध्यादेशको उक्त प्रावधान संविधानको अक्षर र भावनाविपरीत रहेको निष्कर्षसहित बैठकले उक्त व्यवस्थाको कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ ।’

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/08/uml-Apani-12.pdf”]

 

 

 

प्रकाशित मिति : १४ भदौ २०७८, सोमबार  १२ : ३१ बजे

आफै कार्यरत अस्पतालको पाँचौ तलाबाट खसेर इन्टर्न डाक्टर अमित यादवको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ‘इन्टर्न डाक्टर’को अस्पताल

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल